
काठमाडौं। लोक गायक नविन पौडेललाई गृहजिल्ला पाल्पामा नागरिक अभिनन्दन गरिएको छ ।
बगनासकाली गाउँपालिका वडा नं. ५ दर्लमडाँडामा जन्मिएका गायक पौडेललाई बगनासकाली गाउँपालिका ८ बराङ्दीमा विभिन्न संघ सस्थाले युवा नागरिक अभिनन्दन पत्रले सम्मान गरेका हुन् ।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था इन्सेकद्वारा गठित बेद युबा समूह, निरन्जन युबा क्लब र बगनासकली सुचना केन्द्रले संयुक्तरुपमा अभिनन्दन समारोहको आयोजना गरेका थिए ।
गीतसंगीतको माध्यमबाट आफ्नो जन्मस्थल, पाल्पा जिल्ला र देशलाई समेत चिनाउन योगदान गरेकाले आफ्नो जन्मस्थलमा अभिनन्दन पत्रमा उल्लेख छ ।