×

NMB BANK
NIC ASIA

सेनालाई सांसदको प्रश्न– डीपीआर नै तयार नपारी फास्ट ट्र्याकको काम किन अघि बढाएको ?

मंसिर १४, २०७५

NTC
फाइल फोटो
Premier Steels

काठमाडौं – बहुप्रतीक्षित राष्ट्रिय गौरवको आयोजना फास्ट स्ट्र्याक निर्माणको जिम्मा पाएको नेपाली सेनाले डीपीआरविनै काम अघि बढाएको प्रति सांसदहरूले प्रश्न उठाएका छन् । प्रतिनिधि सभाअन्तर्गत विकास समितिको शुक्रबार बसेको बैठकमा सांसदहरूले डीपीआर तयार नगरी काम गर्दा भविष्यमा जोखिम निम्तिन सक्ने चिन्ता समेत व्यक्त गरे ।

Muktinath Bank

बैठकमा सांसद गणेश पहाडीले डीपीआर नबनाइकनै सडक निर्माणको काम अघि बढाइएको प्रति आश्चर्य व्यक्त गरे । ‘डीपीआर नबनाइकनै काम अघि बढाइयो,’ उनले भने, ‘डीपीआर अब बनाउने भनिएको छ, त्यसो गर्ने हो भने अहिलेसम्मको काम के हुन्छ ?’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डीपीआर फाइनल नगरी र सडक निर्माणका क्रममा खनिएको माटो व्यवस्थापन नगरी सडक निर्माण गर्दा भोलिका दिनमा विपद् निम्तिन सक्ने उनको चिन्ता छ ।


Advertisment
Nabil box
Kumari

‘आईएल एन्ड एफएसले बनाएको डीपीआर किन खरिद नगरेको ?’ सांसद पहाडीले प्रश्न गरे, ‘माटो समेत व्यवस्था नगरी निर्माण गर्न लागिएकोमा भोलिका दिनमा अर्को विपद् निम्त्याउँदैन भन्ने के ग्यारेन्टी छ ?’

Vianet communication

त्यस्तै सांसद दामोदर भण्डारीले फास्ट ट्र्याक निर्माणको सफलता मुलुकको सामथ्र्यसँग समेत जोडिएको हुनाले समयमै सम्पन्न हुनुपर्ने बताए ।

बैठकमा नेपाली सेनाका इञ्जियनियरिङ विभाग प्रमुख तथा फास्ट ट्र्याक आयोजना प्रमुख योगेन्द्रबहादुर खाँणले फास्ट स्ट्र्याक निर्माणमा चालू आर्थिक वर्षको प्रगति सन्तोषजनक रहेको जानकारी गराए ।

उनका अनुसार चालू आर्थिक वर्षको पहिलो चार महिनामा भौतिक प्रगति शतप्रतिशत  र वित्तीय प्रगति ९५ प्रतिशत सम्पन्न भएको छ ।

डीपीआर निर्माण गर्ने जिम्मेवारी दक्षिण कोरियाली कम्पनीलाई दिइएको नेपाली सेनाले जानकारी गराएको छ । सेनाका अनुसार गत असोज १६ गते दक्षिण कोरियाली कम्पनी सुसुङ इञ्जिनियरिङ एन्ड कन्सल्टिङ लिमिटेडसँग सम्झौता भएको छ । गत कार्तिक ४ गतेदेखि शुरू गरिएको डीपीआरको काम आगामी माघ महिनामा सकिने जनाइएको छ ।

फास्ट स्ट्र्याक डीपीआरका लागि १० करोड १२ लाख रुपैयाँ लागत लाग्ने र हालसम्म डीपीआरको काम ५० प्रतिशत सकिएको सेनाले जानकारी दिएको छ ।

यसअघि आईएल एन्ड एफएसले गरेको डीपीआर प्राविधिक रूपमा आंशिक मात्रै प्रयोग हुने, आर्थिक रूपमा मनासिव नदेखिएको र उपयोगिताका आधारमा खरिद गर्न नमिलेको नेपाली सेनाले स्पष्ट पारेको थियो ।

सेनाले फास्ट ट्र्याक निर्माणका क्रममा उठेका समस्याहरू समेत संसदीय समितिलाई जानकारी गराएको छ । संसदीय समितिले विगतमा आएका समस्याहरूबाट पाठ सिक्दै अगाडि बढ्न सेनालाई निर्देशन दिएको छ ।

फास्ट ट्र्याक निर्माणका क्रममा उठेका समस्याबारे सरकारसँग छलफल गर्ने निर्णय समेत शुक्रबार बसेको समितिले गरेको छ । समितिका सभापति कल्याणीकुमारी खड्काले फास्ट ट्र्याक निर्माणका क्रममा उठेका मुआब्जा वितरण, डीपीआर निर्माण लगायतका विषयमा सरकारसँग छलफल गर्ने बताइन् ।

बैठकमा सेनाले आफूले देशभरी निर्माण गरेको सडकबारे पनि जानकारी गराएको थियो । आफूले जिम्मा पाएको १७ सय ३३ दशमलव २ किलोमिटर सडकमध्ये १३ सय १४ किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको सेनाले जनाएको छ ।

काठमाडौंलाई तराईसँग जोड्ने फास्ट ट्र्याक ७६. २ किमी, कालीगण्डकी करिडोर ८० किमी, कर्णाली करिडोर १४५ किमी र बेनीघाट, आरुघाट, लाकेभञ्ज्याङ सडक ११८ किमी गरी कुल ४१९ दशमलव २ किमी सडक निर्माणाधीन रहेको जानकारी गराए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x