०९ साउन २०८३, शनिबार

काठमाडौंको खाल्डाखुल्डी पुर्ने काम पनि राष्ट्रिय गौरवका आयोजना अन्तर्गत राख्न सांसदको माग

मंसिर २०, २०७५
काठमाडौंको खाल्डाखुल्डी पुर्ने काम पनि राष्ट्रिय गौरवका आयोजना अन्तर्गत राख्न सांसदको माग

काठमाडौं - काठमाडौंका खाल्डाखुल्डी पुर्ने काम पनि राष्ट्रिय गौरवका आयोजानाअन्तर्गत राख्नुपर्ने माग उठेको छ ।

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बिहीवार बसेको बैठकमा सांसद सुरेन्द्र पाण्डेले यस्तो माग गरेका हुन् ।

'राष्ट्रिय गौरवका आयोजनामा पैसा र कर्मचारीको कमी नहुने भएकाले समयमै सम्पन्न हुन सक्छ,' सांसद पाण्डेले भने, 'काठमाडौंका खाल्डाखुल्डी पुर्ने काम पनि राष्ट्रिय गौरवका आयोजना अन्तर्गत राखियोस् ।'

समिति सभापति दिलकुमारी रावल (पार्वती)को अध्यक्षता र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको समेत उपस्थिति बसेको बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरूबारे छलफल भइरहेको छ ।

समितिले बुधवार अर्थ, कानून र संघीय मामिला मन्त्रीलाई बोलाएर तहगत राज्य संरचनाबारे छलफल गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्