×

NIC ASIA

भन्सार कर्मचारीकै मिलेमतोमा ६ अर्बको राजश्व छली, ४२ फर्मविरुद्ध मुद्दा दर्ता

मंसिर २४, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं– राजश्व अनुसन्धान विभागले चालू आर्थिक वर्षका ४ महिनामा भन्सार छल्ने ४२ वटा फर्मविरुद्ध पौने ६ अर्ब रुपैयाँको विगो दावी गर्दै मुद्दा दायर गरेको छ । 

Muktinath Bank

विभागले एक महिनाको अवधिमा ४२ फर्मविरुद्ध  विभिन्न जिल्ला अदालतमा मुद्धा दायर गर्दै ५ अर्ब ७७ करोड १७ लाख ६ हजार १ सय ३६ रुपैयाँ ४० पैसा विगो माग दावी गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एडीडास ब्राण्डको सामान आयातका क्रममा  मितेरी इन्टरनेशनलले ७५ करोड रुपैयाँ राजश्व छली गरेको भेटिएको छ । मितेरी इन्टरनेशलले भेस्ट, कट्टुको आयातमा ७५ करोड रुपैयाँ राजश्व छली गरेको विभागले जानकारी दिएको छ ।


Advertisment
Nabil box
Kumari

सो वस्तुको आयातमा आयातकर्तासँगको मिलेमतोमा राजश्व छलीमा सघाएको भन्दै दुई जना कर्मचारीविरुद्ध समेत मुद्धा दायर गरिएको विभागले जानकारी दिएको छ । रसुवा भन्सार कार्यालमा कार्यरत भन्सार अधिकृत पवित्रकुमार खड्का र नासु धिरजकुमार थापाले आयातकर्तासँगको मिलेमतोमा भन्सार छलीमा सघाएको भन्दै उनीहरुविरुद्ध मुद्दा दायर गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।  

Vianet communication

उनीहरुविरुद्ध राजश्व चुहावट ऐन २०५२ को दफा ३ बमोजिम कसुर गर्दै मुद्धा दायर गरिएको विागले जानकारी दिएको छ । जस अनुसार दुवै जनालाई जनही १५ करोड १९ लाख २६ हजार ३ सय ८१ रुपैयाँ ६८ पैसा विगो रकम सहित तीन वर्ष कैदको मागदावी गरिएको छ ।

मितेरी इन्टरनेशनलका प्रोप्राइटर रञ्जन त्रिपाठी र सुमन श्रेष्ठ पनि जनही १५ करोड १९ लाख २६ हजार ३ सय ८१ रुपैयाँ ६८ पैसा जरिवाना सहित ३ वर्ष कैदको माग दावी गरिएको छ ।

मितेरी इन्टरनेशनललाई ट्रक उपलब्ध गराउने धनबहादुर तामाङ र उक्त ट्रक चालक डम्बरबहादुर श्रेष्ठलाई पनि जनही १५ करोड १९ लाख २६ हजार ३ सय ८१ रुपैयाँ ६८ पैसा माग दावी गरिएको छ । उनीहरुलाई जनही डेढ वर्ष कैदको मागदावी गरिएको छ । उनीहरु दुवै जनालाई पनि राजश्व चुहावट ऐन २०५२ को दफा २ बमोजिम मुख्य अभियुक्तलाई हुने सजायको आधा सजाय हुन मुद्धामा माग गरिएको विभागले जानकारी दिएको छ ।

विभागले सुभान इन्टरनेशनल विरुद्ध १८ लाख विगो माग दावी गर्दै ३ वर्ष कैद माग दावी गरेको छ । सुभान इन्टरनेशनलले  त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल भन्सार कार्यालयबाट सामान आयातका क्रममा ६ लाख २ हजार ९ सय ६९ रुपैयाँ बराबरको राजश्व छली गरेको भेटिएको हो । सुभानविरुद्ध १२ लाख ५ हजार ९ सय २० रुपैयाँ बिगो र जरिवाना माग दावी गरिएको छ ।

राजश्व छलीमा संलग्न भरतबहाुर अर्याल र सुशिला पाण्डे विरुद्ध जनही १२ लाख ५ हजार ९ सय २० रुपैयाँ विगो दावी गर्दै जनही ३ वर्ष कैद माग दावी गरिएको छ । सावित्रि श्रेष्ठ र कृष्णबहादुर श्रेष्ठ विरुद्ध पनि जनही १२ लाख ५ हजार ९ सय २० रुपैयाँ विगो दावी गर्दै जनही ३ वर्ष कैद माग गरिएको छ । उनीहरु सबै विरुद्ध गत कार्तिक २८मा जिल्ला अदालत काठमाडौंमा मुद्धा दायर गरिएको हो ।

विभागले छिरिङ ङटुप लामा र लोप्साङ तेन्गे लामा विरुद्ध ५४ करोड २७ लाख ५७ हजार १ सय ५ रुपैयाँ सहित ३ वर्ष कैद माग दावी गर्दै विभागले जिल्ला अदालत गोरखामा मुद्धा दायर गरेको छ । उनीहरुबाट १० किलो ७ सय ७६ ग्राम सुन बरामद गरी भन्सार नतिरेको भन्दै जनही ९ करोड ८६ लाख ८३ हजार १ सय १० रुपैयाँ माग दावी गरिएको छ । उनीहरु विरुद्ध गत कार्तिक २७ मा जिल्ला अदालत गोरखामा मुद्धम दर्ता गरिएको विभागले जानकारी दिएको छ ।

त्यस्तै अरुण कुमार दास, रोशनकुमार महरा, विष्णुदेव राउत र विन्देश्वर राउतविरुद्ध विभागले २ अर्ब २० करोड ४२ लाख ६० हजार ९ सय २८ रुपैयाँ सहित ३ वर्ष कैदको मागदावी सहित मुद्धा दायर गरेको छ । उनीहरुले अवैधरुपमा विदेशबाट रकम भित्र्याउने गरेको अभियोगमा जनही ४१ करोड ३२ लाख ९८ हजार ९ सय २४ रुपैयाँ माग दावी सहित ३ वर्ष कैद माग दावी गरिएको छ ।

उनीहरुविरुद्ध विदेशी विनियम ऐन २०१९को दफा १७को उपदफा १ अनुसार गत कार्तिक २९ गते जिल्ला अदालत धनुषामा मुद्धम दायर गरिएको विभागले जानकारी दिएको छ । 

विभागले बहादुर तामाङ विरुद्ध १२ करोड ४५ लाख २५ हजार रुपैयाँ सहित ३ वर्ष कैदको माग दावी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेको छ । उनले अबैध रुपमा सुनको कारोबार गर्दै आएका थिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

बैशाख ३०, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका पूर्व गृहमन्त्री बालकृष्ण खाणविरुद्ध महान्यायाधिवक्ता कार्यालयले अझैसम्म सर्वोच्च अदालतमा निवेदन दिएको छैन । काठमाडौं जिल्ला अदालतले खाणलाई थ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x