बैशाख ११, २०८१
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले सोमवार पत्रकार सम्मेलनमार्फत् मनको ‘भडास’ पोखे ।
कञ्चनपुरको भीमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानमा एकपछि अर्को विवादमा पर्दै गएको प्रहरी संगठनका प्रमुखले ‘मिडियाको भूमिका’बारे केही समय सञ्चारकर्मीलाई नै ‘पाठ’ पढाए ।
निर्मला प्रकरणको अनुसन्धान ‘शून्य’मा रहेको भन्ने खालका समाचारप्रति आईजी खनालको आपत्ति थियो । प्रहरीको अनुसन्धान या त पूर्ण हुने नभए प्रक्रियामा रहने भन्दै आईजी खनालले अनुसन्धान कहिल्यै पनि शून्यमा नरहने जिकिर गरे । सञ्चारमाध्यममा आउने कतिपय समाचारले आफूहरूको अनुसन्धान नै प्रभावित हुने गरेको उनको भनाइ थियो ।
निर्मला प्रकरणमा प्रहरीको अनुसन्धान अहिले कहाँ पुग्यो त ? सञ्चारकर्मीले सोधेका यस्तैखाले प्रश्नमा आईजी खनालले स्पष्ट जवाफ दिन सकेनन् । बरु, अनुसन्धानका नाममा ‘निर्दोष’ व्यक्तिलाई यातना दिएको ‘दोष’बाट उम्कन खोजे, माफी मागेर । हतारमा नतिजा खोज्दा केही गल्ती भएको उनको भनाइ थियो ।
अनुसन्धानका नाममा के–केसम्म गर्ने ? निर्मलाको बलात्कारपछि हत्या भएको एक महिना पुग्न लाग्दा प्रहरीले भीमदत्तनगरकै दिलीपसिंह विष्टलाई पक्राउ गर्यो, भदौ पहिलो साता । दिलिपलाई ‘अपराधी’ करार गर्न प्रहरीले आफ्नो हद नै पार गर्यो । घरमा गएर दिलिपले लगाउने सर्टको खल्ती च्यातेर घटनास्थलमा फाल्ने, घटनास्थलमा गएर प्रमाण भेटिएको भन्दै मुचुल्का उठाएर उनलाई निर्मलाको हत्यारा करार गर्न खोजियो । अन्नतः डीएनए नमिलेको भन्दै उनी रिहा भए ।
पहिलेदेखि नै मानसिक स्वास्थ्य ठीक नभएका दिलिप हिरासतमा रहँदा प्रहरीले दिएको यातनाका कारण अहिले झन् गम्भीर रूपमा विक्षिप्त भएका छन् ।
घटनाको अनुसन्धानका नाममा एकपटक ‘गल्ती’ गरिसकेको प्रहरीले पुनः उही प्रकारको गल्ती दोहोर्याएको छ । भीमदत्तनगरकै विशाल चौधरीलाई हिरासतमा लिएर प्रहरीले पुनः दिलिप विष्टलाईजस्तै अपराध सकार्न यातना दिएको घटना बाहिरिएको छ ।
पछिल्लो समय सरकारका मन्त्रीदेखि प्रहरीका अधिकारी समेतले निर्मला प्रकरणका दोषी पत्ता लागिसकेको बताइरहँदा विशाललाई यातना दिएर अपराध स्वीकार्न लगाएको घटना बाहिरिएको छ ।
मंसिर १९ गते पक्राउ परेका विशाल डीएनए नमिलेपछि छुटेका छन् । प्रहरीले विशाललाई परिवारको जिम्मा त लगायो, तर हिरासतमा रहँदा पाएको यातनाले उनको मानसिक अवस्था नै असमान्य बन्न पुगेको छ । परिवारले विशाललाई गैरकानूनी रूपमा थुनामा राखेर यातना दिइएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी समेत दिएको छ ।
प्रहरीले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न रहेको भन्दै भीमदत्तनगरकै प्रदीप रावललाई पनि पक्राउ गरेर हिरासतमा राखेको छ । मंसिर १८ गते प्रदीपमाथि फरक–फरक मुद्दामा म्याद थपेर ‘अनुसन्धान’ भइरहेको प्रहरी दाबी छ । तर, प्रदीपको परिवारले भने उनलाई फसाउन खोजिएको आरोप लगाउँदै आएको छ ।
प्रहरीका अधिकारीले नै केही सञ्चारकर्मीलाई उनीसँग लिइएको बयान देखाएर निर्मला हत्याका ‘वास्तविक अभियुक्त’ पक्राउ परिसकेको भन्नेसम्मका प्रचार पनि गर्न लगाए । तर, प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालाको रिपोर्टले प्रदीपको डीएनए निर्मलाको भेजिनाबाट संकलन गरिएको भनिएको ‘स्वाब’सँग नमिलेपछि प्रहरी नेतृत्व पुनः दबाबमा परेको छ ।
मंसिर १८ गते काठमाडौंबाट नियन्त्रणमा लिइएका प्रदीपको बयान लिन प्रहरी महानिरीक्षक खनाल आफैं केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को कार्यालय पुगेका थिए । साबिती बयानका आधारमा प्रदीप निर्मलाको बलात्कारमा संलग्न रहेको भन्ने जसरी प्रचार पनि गरियो । तर अन्ततः उनको पनि डीएनए नमिलेपछि प्रहरीको असफलता छताछुल्ल भएको छ ।
अनुसन्धानको उपलब्धि : हात लाग्यो शून्य !
निर्मलाको बलात्कारपछि हत्या भएको ५ महिना पूरा भइसकेको छ । यस अवधिमा प्रहरीले ‘नक्कली अभियुक्त’ खडा गर्नेदेखि कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख एसपी दिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्टलाई बर्खास्त गर्नेसम्मका ‘काम’ भएका छन् । तर वास्तविक अभियुक्तबारे प्रहरीले सामान्य ‘संकेत’ समेत प्राप्त गर्न सकेको छैन ।
घटनाको प्रारम्भिक अनुसन्धाकै क्रममा प्रमाणहरू नस्ट गरिएकाले निर्मला प्रकरणको अनुसन्धान झन पेचिलो बन्दै गइरहेको छ । प्रहरीले निर्मलाको योनीबाट संकलन गरिएको भनिएको ‘स्वाब’लाई प्रमुख प्रमाणका रूपमा ‘सुरक्षित राखेको’ भनेपनि उक्त ‘स्वाब’माथि समेत पूर्ण रूपमा भर पर्न सकिने अवस्था छैन । कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनाली नेतृत्वको अनुसन्धानन टोलीले पनि निर्मलाको योनीबाट संकलन गरिएको स्वाब ‘भरपर्दो’ नभएको संकेत गरेको छ ।
यस्तो अवस्थामा घटनाको अनुसन्धान ‘भनेजस्तो सजिलो’ त छैन । तर अनुसन्धानका नाममा ‘निर्दोष’ व्यक्तिलाई यातना दिएर अपराध सकार्न लगाउने र त्यसको प्रचार गरेर अभियुक्त पक्राउ गरिसकेको भनेर प्रचार गर्न लगाउनेजस्ता प्रहरीका गतिविधिले घटनाको अनुसन्धान अहिले नै निष्कर्षमा पुग्ने देखिँदैन । पीडित परिवार र सर्वसाधारणले प्रहरीका यस्ता गतिविधिलाई अभियुक्त जोगाउने ‘हरकत’का रूपमा बुझेका छन् ।
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...