३० असार २०८३, मंगलबार

के-के हुन्छ माघीमा ?

के-के हुन्छ माघीमा ?

काठमाडाैं-  थारु समुदायका लागि माघी नयाँ वर्ष हो । नेपालीहरुको माघे संक्रान्ति एक दिन मात्र मनाइन्छ भने थारु समुदायको माघी पर्व महिनाभर मनाइन्छ । माघी पर्व थारु समुदायको नाचगान र खानपिनमा मात्र सीमित छैन । यो अवधिमा यससँगै जोडिएका सांस्कृतिक, सामाजिक, राजनीतिक, धार्मिक विषयहरु समेत उठ्ने/उठाउने गरिन्छ । 

“माघी पर्व खानपिन र रामरमाइलोमा मात्र सीमित छैन, खेतीपाती कृषि किसानीमा बढी व्यस्त रहने थारु समुदायका लागि चाडपर्व थकान मेटाउने अवसर पनि हो,” थारु कल्याणकारिणी सभाका अध्यक्ष भुवन चौधरीले भन्नुभयो – “वर्ष दिनका लागि नयाँ नीति नियम बनाउने, त्यसको कार्यान्वयनका लागि प्रतिज्ञा गर्ने, नयाँ कामको जिम्मेवारी बाँडफाँड गर्ने, गएको वर्षभरिको कामको समीक्षा पनि हुन्छ ।” थारु समुदायमा घर लिपपोत गर्ने जाँड, ढिक्री, रोटी तयार पार्ने काम हुन्छ र माघीका लागि मासुको जोहो गरिन्छ । 

महिलाहरु रोटी पकाउन लाग्छन् । उनीहरु पिठो र दुना टपरीको तयारीमा पनि लाग्छन् । माघी पर्व मनाउन एक महिना अगाडिदेखि नै तयारी शुरु हुन्छ । खानाका परिकारहरू पकाउन लागि काठ, दाउराको जोहो गरिन्छ र अनादीको चामलको गुलियो जाँड, रक्सी बनाइन्छ । वनबाट मालु र सालको पात टिपेर ल्याइन्छ भने तोरीको खाने तेल पेल्ने काम पनि हुन्छ । 

salt training

कमेन्ट गर्नुहोस्