चितवन, २८ फागुन–चितवनमा एमालेले गरेको मेची महाकाली अभियानमा नेकपा एमाले अध्यक्ष ओलीले नेपालमा रेल चलाउने योजना एमालेसँग मात्र रहेको बताएका छन् ।

नारायणी किनारमा आयोजित सभामा भाषण गर्दै एमाले अध्यक्ष ओलीले रेल चढ्न गोरखपुर जोगवनी जानु नपर्ने भन्दै नेपालमै चलाउने बताएका हुन् ।
सभामा ओलीले पूर्व पश्चिम छुकछुके रेल... र खुट्टा तान्दै गर बोलको गीत गाएका थिए । उनले गीत गाउँदा गर्दा दर्शक दीर्घामा हासो छाएको थियो ।
ओलीले एमाले सपना बोक्ने र त्यसलाई पूरा गर्न लागि पर्ने पार्टी भएको बताएका थिए ।
हरेक प्रदेशमा विश्वविद्यालय र मेडिकल कलेज बनानउने योजना एमालेसँग रहेको उनले बताएका थिए ।
ओलीले कञ्चनपुर घटनामा सरकारकाले खुट्टा कमाएको बताए । ओलीले प्रचण्ड नेतृत्वको सरकारले विदेशी भूमिबाट नेपाली मारिदा समेत सरकारले केही गर्न नसकेको बताएका हुन् ।