०३ साउन २०८३, आइतबार

स्पेनमा ५० ठाउँमा आगजनी, २ जना पक्राउ

स्पेनमा ५० ठाउँमा आगजनी, २ जना पक्राउ

काठमाडौं — स्पेनको उत्तरी भागमा ५० स्थानमा आगजनी गरिएको खबर आएको छ । 

केही ठाउँमा जानीबुझी आगो लगाइएको स्थानीय अधिकारीहरूले बताएका छन् । आगोमाथि नियन्त्रण गर्न स्थानीयहरूलाई हम्मेहम्मे परेको थियो । 

क्यान्टाब्रिया क्षेत्रको सरकारले एक बयान जारी गरेर भन्यो, ‘कुल ५० स्थानमा आगजनी भएको जानकारी पाइएको छ र ७६० मानिस तिनमाथि नियन्त्रण लिने कोशिशमा जुटेका छन् ।’

पहाडी क्षेत्रमा पहिलोपटक बिहीवार आगो लागेको थियो । आगजनीबाट कुनै मानवीय क्षति भएको छैन । 

सरकारले बतायो, ‘धेरैजसो आगो दुर्गम क्षेत्रमा लागेको छ । यसले बस्तीमा वा आधारभूत संरचनाहरूका कुनै खतरा पु–याएको छैन ।’

क्यान्टाब्रियाका प्रमुख मिग्वेल एन्जेल रेभिलाले स्पेनको एक टेलिभिजनलाई आगजनीको आरोपमा दुईजनालाई पक्राउ गरिएको बताए । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्