३१ असार २०८३, बुधबार

बलात्कारको आरोप लागेका वडाध्यक्ष रेग्मीलाई जिल्ला अदालत तनहुँबाट सफाइ

फागुन ७, २०७५
बलात्कारको आरोप लागेका वडाध्यक्ष रेग्मीलाई जिल्ला अदालत तनहुँबाट सफाइ

पोखरा – बलात्कारको आरोप लागेका शुक्लागण्डकी नगरपालिकाका वडाध्यक्ष कृष्णप्रसाद रेग्मीलाई अदालतले सफाइ दिएको छ ।

बलात्कारको आरोप लागेपछि लामो समयसम्म फरार भइ प्रहरी समक्ष आत्मसर्मपण गरेका शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष रेग्मीलाई अदालतले सफाइ दिएको हो ।

उनलाई तनहुँका जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको एकल इजलासले सोमवार सफाइ दिएको अदालतका श्रेस्तेदार सुदर्शन खनालले बताए । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष रेग्मीलाई सोही वडा निवासी २७ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोप लागेको थियो ।

युवतीले आफूलाई पटक–पटक वडाध्यक्ष रेग्मीले बलात्कार गरेको भन्दै न्यायिक समिति शुक्लागण्डकी नगरपालिका दुलेगौंडा र वडा प्रहरी कार्यालय बेलचौतारामा उजुरी दिएकी थिइन् । पीडित युवतीले वडाध्यक्ष रेग्मीले असोज २९ गते र कात्तिकमा २ पटक बलात्कार गरेको भनी गत मंसिर ६ गते उजुरी दर्ता गराएकी थिइन् । 

युवतीले ईलाका प्रहरी कार्यालयमा निवेदन दर्ता गराएलगत्तै फरार भएका रेग्मीले माघ ७ गते जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए । युवती बलात्कारको आरोप लागेपछि वडाध्यक्ष रेग्मीको जनप्रतिनिधिको हैसियतमा पाउने सेवासुविधा समेत नगरपालिकाले कटौती गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्