×

NMB BANK
NIC ASIA

काठमाडौंउच्च अदालत पाटनले कन्काई खोला पुल आयोजनामा पप्पु कन्स्ट्रक्सनले राखेकोे बैंक धरौटीबाट रकम असुल उपर गर्न बाटो खोलिदिएको छ ।

Muktinath Bank

पेश्कीसहित ३५ प्रतिशत रकम भुक्तानी लिइसकेर आयोजना अलपत्र पारेको भन्दै हुलाकी राजमार्ग आयोजना निर्देशनालय इटहरीले पप्पुसँगको ठेक्का सम्झौता रद्द गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले कालोसूचीमा राख्ने तयारी समेत गरेपछि आयोजनाले काम नगरी पप्पुले लगेको पेश्की रकम उसको बैंक जमानतबाट जफत गर्न प्रक्रिया अघि बढाएको थियो ।


Advertisment
Nabil box
Kumari

यससम्बन्धी विवादको अन्तिम निरूपण नभएसम्म बैंक जमानतबाट कुनै भुक्तानी नदिनू भन्ने आदेश माग गर्दै पप्पुका तर्फबाट दायर रिटमा सुनुवाइ गर्दै उच्च अदालतले यसमा अन्तरिम आदेश जारी गरिराख्नु नपर्ने फैसला सुनाएको हो ।

Vianet communication

न्यायाधीश रमेश पोखरेलको एकल इजलासले जारी गरेको आदेशमा भनिएको छ, ‘३ वर्षमा सम्पन्न गरिसक्नुपर्ने काम ठेक्का सम्झौता भएको ७ वर्षसम्म पनि ४९ प्रतिशत मात्र सम्पन्न भएको अवस्थालाई विचार गर्दा निवेदकले माग गरेबमोजिम अन्तरिम आदेश जारी गरिरहनु परेन । कानून बमोजिम गर्नू ।’

३० करोड ४० लाख ९० हजारमा ठेक्का सम्झौता भएको आयोजनामा पप्पुले ७ करोड ५० लाख रुपैयाँ पेश्की समेत बुझिसकेको थियो ।

अदालतको आदेशसँगै पप्पुले प्राइम बैंकमा राखेको बैंक जमानतबाट उसले लगेको पेश्कीमध्ये काम नभएको २ करोड ३७ लाख ९ हजार २ सय ५५ रुपैयाँ ९० पैसा जफत गर्न बाटो खुलेको छ ।

पप्पुले बैंकमा २ करोड ७५ लाख रुपैयाँ जमानत राखेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x