३१ जेठ २०८३, आइतबार

पक्राउ परेका गण्डकी मेडिकल कलेजका २ कर्मचारीलाई ठगी मुद्दा

फागुन २४, २०७५
पक्राउ परेका गण्डकी मेडिकल कलेजका २ कर्मचारीलाई ठगी मुद्दा

पोखरा- सरकारले तोकेभन्दा बढी शुल्क विद्यार्थीबाट असुलेको आरोपमा पक्राउ परेका गण्डकी मेडिकल कलेजका पूर्वप्रशासकीय अधिकृत सन्तोष खनाल र कर्मचारी लक्ष्मण प्रसाद शर्माविरुद्ध ठगी मुद्दा दर्ता गरिएको छ ।

कलेजमा अध्ययनरत विद्यार्थीसँग ५३ करोड भन्दा बढी ठगी गरेको आरोपमा उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्कीले बुधवार पक्राउ गरेको थियो। उनीहरूसहित कलेजका १० जना पदाधिकारीलाई पक्राउ गर्न अदालतले सिफारिस गरेलगत्तै प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

कलेजका प्रमुख तथा सञ्चालक खुमा अर्यालसहितका अन्य पदाधिकारी फरार छन् । विद्यार्थीले दिएको उजुरीका आधारमा पक्राउ परेका कलेजका दुई कर्मचारीविरुद्ध ठगी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । दुवै जनाविरुद्ध प्रहरीले जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको हो । 

कलेजका अध्यक्ष खुमा अर्यालसहित अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिए । उनका अनुसाार विद्यार्थीहरुसँग विभिन्न समयमा ५३ करोडभन्दा बढी ठगी गरेको आरोपमा अदालतको सिफारिसमा पक्राउ पुर्जी जारी गरिएको हो ।

गत माघ १७ गतेदेखि आन्दोलित विद्यार्थीले वार्ताबाट सहमति जुट्ने नदेखेपछि सरकारले तोकेको शुल्क विपरीत मनपरी रूपमा कलेज प्रशासनले विद्यार्थीबाट रकम असुलेको भन्दै १० जनाविरुद्ध मंगलबार सम्पत्ति शुद्धीकरण विभाग र प्रहरी कार्यालयमा उनीहरूविरुद्ध छुट्टाछुट्टै ठगी मुद्दामा उजुरी दिएका थिए ।

कलेजका सञ्चालक खुमा अर्याल, प्रशासकीय अधिकृत कृष्ण घिमिरे, प्रिन्सिपल रवीन्द्रप्रसाद श्रेष्ठ, फाइनान्स कन्ट्रोलर युवराज शर्मा र लेखा शाखा प्रमुख हरिमाया पौडेल तथा कलेजमै कार्यरत दिनेश पौडेलको मिलेमतोमा रकम असुलेको दाबी गर्दै विद्यार्थीहरू उजुरी दिएका हुन् । 

सरकारले उपत्यका बाहिरका मेडिकल कलेजहरूमा एमबीबीएसको शुल्क ४२ लाख रुपैयाँभन्दा बढी लिएको विद्यार्थीको आरोप छ । कलेजले विद्यार्थीबाट १० लाखसम्म रकम असुलेको विद्यार्थीको आरोप छ । अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने, शुल्क तिरेपछि बिल, भौचर दिनुपर्ने लगायतका चारबुँदे माग राखेर विद्यार्थी एक महिनादेखि आन्दोलन गर्दै आएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्