०३ साउन २०८३, आइतबार

गौरव पहारीको पीडा ‘खाडी देशमा’, रोकिएन शिल्पाको आँशु

गौरव पहारीको पीडा ‘खाडी देशमा’, रोकिएन शिल्पाको आँशु

काठमाडौं – गायक प्रदीप भट्टराईको ‘खाडी देशमा’ गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ ।

गणेश चौधरीले अरेन्ज गरेको गीतमा संगीत प्रदीपले स्वयं दिएका हुन् भने र शब्द नारायण प्रसाद निरौला र प्रदीप भट्टराईले साथमा लेखेका हुन् । २ दशकको साङ्गीतिक अनुभव सँगालेका भट्टराईले यसअघि सफलतापूर्वक दुईवटा एल्बम बजारमा ल्याइसकेका छन् ।

नायक गौरव पहारी तथा शिल्पा पोखरेलको मुख्य भूमिका रहेको उक्त गीतको म्युजिक भिडियोमा सुरबीर पण्डित, रमा थपलिया, साजन माझी तथा पूर्णिमा मगरको पनि अभिनय रहेको छ । 

क्रान्ति केसीको निर्देशनमा बनेको सो म्युजिक भिडियोमा आर्थिक अवस्थाले पिरोलिएर विदेशिनुपर्ने लाखौं नेपालीको कथालाई प्रस्तुत गरिएको छ । मुख्य पात्रका रुपमा रहेका गौरव पहारी र शिल्पा पोखरेलले उत्कृष्ट अभिनयको माध्यमले वैदेशिक रोजगारका लागि बाहिरिनुपरेपछिको वेदना र परिवारसँगको बिछोडको मर्मस्पर्शी प्रसंगलाई भावनात्मक ढंगले भिडियोमा अभिव्यक्त गरेका छन् ।

नेपालको समसामयिक प्रसंगलाई सुन्दर ढंगले आफ्ना गीतमा समेट्न सफल गायक प्रदीप भट्टराईले प्रत्येक नेपालीको पीडालाई आत्मसाथ गर्दै त्यसलाई आफ्नो कलामार्फत प्रस्तुत गरेको देख्न पाइन्छ ।

ओएसआर डिजिटलले वितरण गरेको ‘खाडी देशमा’को म्युजिक भिडियो हाल यूट्यूबमा करीब ३ लाख पटक हेरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्