×

NMB BANK
NIC ASIA

गण्डकी मेडिकल कलेज ठगी प्रकरण : कलेजका प्रमुख अधिकृत र परीक्षा नियन्त्रक धरौटीमा छुटे

चैत १८, २०७५

NTC
Premier Steels

पोखरा - सरकारले तोकेको भन्दा बढी शुल्क असुलेको आरोपमा मुद्धा खेपिरहेका गण्डकी मेडिकल कलेजका दुई कर्मचारीसँग कास्की जिल्ला अदालतले जनही १७ लाख धरौटी लिएर छाडेको छ ।

Muktinath Bank

ठगी गरेको भन्दै उजुरी परेका ११ मध्ये पक्राउ परेका कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई अदालतका जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको इजलासले धरौटीमा रिहा गर्ने आदेश गरेको थियो । अदालतको आदेश लगत्तै दुवै जनाले १७/१७ लाख रुपैया धरौटी बुझाएर रिहा भएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कलेजले एमबिबिएस र नर्सिङ अध्ययनरत विद्यार्थीसँग सरकारले तोकेभन्दा बढी रकम असुलेपछि दुई महिनादेखि विद्यार्थीले कलेज र अस्पताल नै ठप्प पारेर आन्दोलन गर्दै आएका थिए । आफ्ना जायज मागप्रति कलेज सञ्चालकहरु गम्भीर नदेखिएपछि उनीहरुले कलेजले ठगी गरेको भन्दै कलेजका अध्यक्ष खुमा अर्याल सहित ११ जना विरुद्ध उजुरी थिए ।


Advertisment
Nabil box
Kumari

विद्यार्थीको जाहेरी लगत्तै प्रहरीले खनाल र शर्मालाई फागुन २२ मा पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाएको थियो । विद्यार्थीले कलेजले अवैधरूपमा शुल्क लिएको भन्दै जिल्ला अदालतमा ठगी मुद्धा दर्ता गराएपछि कलेज सञ्चाकलविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

Vianet communication

कास्की जिल्ला अदालतले कलेज सञ्चालकहरुलाई पक्राउ गरी ठगी मुद्धा चलाउन जिल्ला प्रहरी कार्यलय कास्कीलाई आदेश दिएपछि उनीहरु भागेका थिए । अदालतको आदेश लगत्तै भागेका अध्यक्ष खुमा प्रसाद अर्याल सहितका ९ जना सञ्चालाकले वारेसमार्फत उच्च अदालतमा निषेधाज्ञा सहित अन्तरिम आदेश माग गर्दै मुद्धा दायर गरेका थिए ।

उनीहरुले उच्च अदालत पोखरामा दर्ता गरेको रीटउपर अदालतले फागुन ३० गते अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि अर्याल सहित ९ जना फरार छन् ।

‘कुनै निकायबाट लिन पाउने गरी निर्णय भई आएको अख्तियारी प्राप्त भएको नदेखिएको, र किटानी जाहेरी परेको मिसिलमा संलग्न तत्काल प्राप्त कागजातका आधारमा प्रतिवादी हाल कसुरदार होइन रहेनछन् भनी मान्न मिलेन,’ अदालतले कलेजले बिनाशीर्षकमा उठाएको शुल्कका वारेमा आदेशमा उल्लेख गरेको छ ।

अस्पताल प्रशासन र विद्यार्थीबीच २०७४ माघमा छलफल भई चिकित्साशास्त्र अध्ययन संस्थानको नीति, निर्देशन अनुसार तोकिएको शुल्क लिने र बढी शुल्क लिएको भएमा फिर्ता गर्ने सहमति देखिएको आदेशमा उल्लेख गरेको छ ।

विद्यार्थीले आफ्नो जाहेरीमा बढी रकम फिर्ता पाउँ भनेर उल्लेख गरेको मिसिल संलग्न सोसाइटी अफ टियू अफिलेटेट हेल्थ इन्स्टिच्युसन् नेपालले जारी गरेको सूचनासमेतलाई मध्यनजर गरी पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम कारवाही हुने गरी आदेश गरिएको छ ।

हाललाई मुलुकी ऐन अदालती बन्दोबस्त ११८ को दफा ५ र १० तथा मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ को दफा ६८ र ७२ बमोजिम मुद्दाको पूर्पक्षका लागि प्रतिवादी शर्मा र खनालबाट जनही १७ लाख रुपैयाँ धरौटी तोकेर तारिखमा राख्ने आदेश गरिएको उल्लेख छ ।

मुद्दाको वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता गुरुप्रसाद वाग्ले र सहायक जिल्ला न्यायाधिवक्ता पूर्णप्रसाद शर्माले बहस गरेका थिए । प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय कृष्णबहादुर थापा सहित करिव एक दर्जन कानून व्यवसायीहरुले बहस गरेका थिए।

विद्यार्थीहरूले जाहेरीमा १ करोड ७३ लाख ५६ हजार ७ सय ८२ रूपैया कूल विगो दाबी गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x