×

NMB BANK
NIC ASIA

पोखरा– पोखरेली संगीतकर्मी श्रीमान् थुलुङ राईको दुर्घटनामा मृत्यु भएको छ । बुधवार राति आफ्नै निवास पोखरा १२ शितलादेवीमा स्कुटर दुर्घटनामा परी निधन भएको कास्की प्रहरीले जानकारी दिएको छ ।

Muktinath Bank

राति करित साढे नौ बजेतिर थुलुङ सवार ग१२प ६७९ नम्बरको स्कुटर पर्खालको रेलिङमा ठक्कर खाँदा दुर्घटना भएको हो । थुलुङ आफ्नी श्रीमती सहित स्कुटरमा थिए । प्रहरीका अनुसार निवासको बाहिर गेटनजिकै स्कुटर पर्खामा ठोक्कीएपछि राईको नजिकैको नहरको कुलोमा खसेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पोखराको कुंडहरफाँटमा सिंचाइको लागि ठूलोपानि खोलीने नहरमा खसेका राईलाई साढे १० बजे दुई कुलाको मुहानमा प्रहरीले भेटेको थियो । तत्कालै वडाप्रहरी कार्यलयबाट खटिएको प्रहरीले राईलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याएको थियो ।


Advertisment
Nabil box
Kumari

अस्पतालले उनलाई तत्कालै मृत घोषणा गरेको थियो । पूर्वबाट दुई दशक अघि पोखरा आएका ५० वर्षीय राईले पोखरामा तराना म्युजिक सेन्टर सञ्चालन गरी दर्जनौ संगीतसाधक जन्माइसकेका छन् । तराना संगीत साँझ लगायतका सांगीतिक गतिविधि मार्फत उनले संगीतको क्षेत्रमा बिषेश योगदान दिँदै आएका थिए । अन्तिम क्षणसम्म पनि उनी सांगीतिक गतिविधिमा सक्रिय थिए ।
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x