×

NMB BANK
NIC ASIA

कति पुग्यो राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदको तलब ? [सूचीसहित]

जेठ १६, २०७६

NTC
Premier Steels

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेटमार्फत राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्री र सांसदको तलव वृद्धि गरेको छ ।

Muktinath Bank

विभिन्न श्रेणीका राजपत्रांकित र राजपत्रअनंकित कर्मचारीको तलबमा क्रमशः १८ र २० प्रतिशतका दरले तलब वृद्धि गरेसँगै राष्ट्रपतिदेखि सांसदको तलबमा समेत वृद्धि भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजपत्रांकितको तलब १८ प्रतिशतका दरले वृद्धि भएसँगै राष्ट्रपतिको तलबमा २७ हजार रुपैयाँ र सांसदको तलबमा ९ हजार रुपैयाँ वृद्धि भएको छ ।


Advertisment
Nabil box
Kumari

हाल राष्ट्रपति विद्यादेवी भण्डारीको मासिक तलब १ लाख ५० हजार ४ सय ५० रुपैयाँ रहेको छ । १८ प्रतिशत वृद्धि हुँदा २७ हजार ८१ रुपैयाँ तलब बढेपछि राष्ट्रपति भण्डारीको तलब साउन महिनादेखि लागू हुने गरी १ लाख ७७ हजार ५ सय ३१ रुपैयाँ पुगेको छ ।

Vianet communication

उपराष्ट्रपति नन्दबहादुर पुनको तलबमा १९ हजार ४ सय ४५ रुपैयाँ मासिक थप भएको छ । हाल १ लाख ८ हजार ३० रुपैयाँ तलब पाउँदै आएका पुन आगामी साउनदेखि १ लाख २७ हजार ४ सय ७५ रुपैयाँ पाउने छन् ।

बजेट वक्तव्य अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको मासिक तलब तलब १३ हजार ९ सय १० रुपैयाँ बढेको छ । योसँगै ओलीले आगामी साउनदेखि ९१  हजार १ सय ९० रुपैयाँ पाउने छन् । हाल प्रधानमन्त्री ओलीको तलब ७७ हजार २ सय ८० रुपैयाँ रहेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमार्फत सभामुखको तलब पनि वृद्धि गरेका छन् । तलब वृद्धिसँगै सभामुख कृष्णबहादुर महराको तलब ७९ हजार ४ सय ३८ रुपैयाँ पुगेको छ । उनको तलबमा १२ हजार १ सय १८ रुपैयाँ वृद्धि भएको छ । हाल उनको तलब ६७ हजार ३ सय २० रुपैयाँ रहेको छ ।

उपप्रधानन्त्रीको तलबमा ११ हजार सय ३६ रुपैयाँले वृद्धि हुँदै ७६ हजार ९ सय ३६ रुपैयाँ पुगेको छ । हाल उपप्रधानमन्त्रीको तलब ६५ हजार २ सय रुपैयाँ छ ।

बजेट वक्तव्यमार्फत सरकारले मन्त्री र सांसदको तलब समेत वृद्धि गरेको छ । यसअघि ६० हजार ९ सय ७० रुपैयाँ मासिक तलब लिँदै आएका मन्त्रीको तलब ७१ हजार ९ सय ४५ रुपैयाँ पुगेको छ ।

हाल ५५ हजार २ सय ३० रुपैयाँ मासिक तलब लिँदै आएका सांसदको तलब  ६५ हजार १ सय ७१ रुपैयाँ पुगेको छ । सरकारले बजेटमार्फत निर्वाचन क्षेत्र स्थानीय विकास साझेदारी कार्यक्रमका नाममा सांसदलाई दिँदै आएको रकम ४ करोड रुपैयाँबाट वृद्धि गरेर ६ करोड रुपैयाँ पुर्‍याएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x