अमेरिकी चुनावमा रुसी हस्तक्षेपका विषयमा मुलरले गवाही दिने

काठमाडौं – अमेरिकाका विशेष काउन्सेलर रोबर्ट मुलर सन् २०१६ मा भएको राष्ट्रपति चुनावमा रुसको हस्तक्षेपका विषयमा प्रकाशित प्रतिवेदनमाथि गवाही दिन तयार भएका छन् । अमेरिकी संसद्को न्यायिक एवं जासूसी समितिले मंगलवार यसको जानकारी दिएको हो । 

समितिका अध्यक्ष एडम शिफले ट्वीट गरे, ‘रोबर्ट मुलर समन जारी भएपछि कांग्रेससमक्ष गवाही दिन तयार भएका छन् । ट्रम्पलाई विजयी बनाउन रुसले हाम्रो लोकतन्त्रमाथि आक्रमण गरेको थियो । प्रत्येक अमेरिकी यसबाट चिन्तित हुनुपर्ने र अब मुलरबाट सीधै यसको बारेमा सुन्न पाइने भएको छ ।’


Advertisement

एजेन्सी
 

कमेन्ट गर्नुहोस्