×

NMB BANK
NIC ASIA

मौद्रिक नीतिमा अझै ‘वित्तीय मर्जर’ प्राथमिकतामा, माहोल बनाउँदै राष्ट्र बैंक

असार १६, २०७६

NTC
Premier Steels

काठमाडौं – नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् बैंक तथा वित्तीय संस्थालाई मर्जर (एकआपसमा गाँभिने प्रक्रिया) मा लैजाने नीतिलाई प्राथमिकतामा राख्ने भएको छ ।

Muktinath Bank

बैंक तथा वित्तीय संस्थाका अधिकारीसँग कुरा गर्दै राष्ट्र बैंकका गभर्नर चिरन्जीवि नेपाल र डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले आगामी आर्थिक वर्षमा मर्जरमा जानका लागि आवश्यक तयारी थाल्न निर्देशन दिइसकेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले आगामी २७ असारमा मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम रहेको जानकारी दिँदै मर्जरका लागि बैंक तथा वित्तीय संस्थाका अधिकारीसँग छलफल गरिएको जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

‘मौद्रिक नीति २७ गते ल्याउने कार्यक्रम रहेको छ,’ निरौलाले भने, ‘मौद्रिक नीतिमार्फत मर्जरमा जोड दिने कुरा छ । मर्जरका लागि तयार रहनु भन्दै बैंक तथा वित्तीय संस्थाका अधिकारीसँग छलफल समेत भइसकेको छ ।’ बैंकले मौद्रिक नीति आउनुअघि नै माहोल बनाउने काम गरिरहेको छ । राष्ट्र बैंकले दिएको निर्देशनसँगै बैंक तथा वित्तीय संस्थामा पनि मर्जरबारे चर्को बहस शुरू भएको छ ।

Vianet communication

मर्जर प्राथमिकतामा किन ?

बैंक तथा वित्तीय संस्थाको संख्या बढी हुँदा सुशासनमा कमी देखिएको र नियमन गर्न अप्ठ्यारो भएको भन्दै राष्ट्र बैंकले प्रत्येक वर्ष मर्जरको नीति अवलम्बन गर्ने गरेको छ । मर्जरमार्फत बैंक तथा वित्तीय संस्थाको संख्या कम गर्न सकेको अवस्थामा नियमन गर्न सजिलो हुने भएकाले मर्जर आवश्यक रहेको नेपाल राष्ट्र बैंकका अधिकारी बताउँछन् ।

बैंक तथा वित्तीय संस्था आपसमा मर्ज भएर ठूलो पूँजीको निर्माण हुने र ठूला परियोजनामा लगानी गर्न रकम अभाव नहुने राष्ट्र बैंकका अधिकारीको भनाई छ ।

चालू आवमा कति भए मर्ज ?

चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत पनि बैंक तथा वित्तीय संस्थालाई मर्जरमा लैजान प्रोत्साहित गरिने नीति राष्ट्र बैंकले लिएको थियो । वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थालाई मर्जरमा जान प्रोत्साहित गरिने चालू आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेख गरिएको छ । सोअनुसार हालसम्म १ सय ६५ वटा बैंक तथा वित्तीय संस्था मर्जर प्राप्ति प्रक्रियामा सामेल भएका राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार मर्जरमा जाने १ सय ६५ वटा बैंक तथा वित्तीय संस्थामध्ये १ सय २३ वटा संस्थाको लाइसेन्स खारेज गरिएको छ ।

मर्जरमा गएसँगै लाइसेन्स खारेज गरी चालू आर्थिक वर्षमा ४२ वटा संस्था कायम गरिएका राष्ट्र बैंकको तथ्यांक छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १०, २०८१

नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ ।  साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटे...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x