×

NMB BANK
NIC ASIA

प्रशासकीय कमजोरी

स्थानीय तहका लागि लोक सेवाको विज्ञापनमा झमेला, एक हस्ताक्षर छुट्दा रद्द हुने खतरा

असार १८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – संखुवासभाको चैनपुर नगरपालिकाले आफ्ना लागि लोक सेवा आयोगले खोलेको विज्ञापन रद्द गर्न पत्र पठाएपछि शुरू भएको झमेला ‘लहरो तान्दा पहरो थर्कियो भनेझैं’ तन्किन थालेको छ ।

Sagarmatha Cement
Muktinath Bank

चैनपुर नगरपालिकाका मेयर भरतकुमार खत्रीले असार १० गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेर आफ्नो नगरपालिकाका लागि लोक सेवाद्वारा प्रकाशित विज्ञापन रद्द गर्न माग गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नगरपालिकाबाट मन्त्रालयमा पठाइएको माग फारममा आफ्नो हस्ताक्षर नरहेकाले त्यसलाई रद्द गर्नुपर्ने उनको जिकिर थियो । त्यसो त मन्त्रालयले माग फारम मेयर/अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरसहित पठाउन त्यसअघि नै सबै स्थानीय तहलाई परिपत्र गरेको थियो ।


Advertisment
Nabil box
Kumari

चैनपुर नगरपालिकाको पत्र प्राप्त भएपछि मन्त्रालयले अध्यक्ष/मेयर तथा प्रमुख प्रशासकीय अधिकृतहरूको हस्ताक्षर नभएका माग फारमहरू खोज्न थाल्यो ।

Vianet communication
Laxmi Bank

खोज्ने क्रममा ३५ वटा स्थानीय तहले पठाएको माग फारममा यस किसिमको समस्या देखियो । तीमध्ये केहीमा अध्यक्ष वा मेयरको हस्ताक्षर छुटेको थियो भने केहीमा प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर थिएन ।

मेयर/अध्यक्ष वा प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर विनै माग फारम पठाउने स्थानीय तहहरू :-

चैनपुर नगरपालिका, संखुवासभा
कोपिलासगढी गाउँपालिका, खोटाङ
उदयपुरगढी गाउँपालिका, उदयपुर
लिम्चुङबुङ गाउँपालिका, उदयपुर
छथर गाउँपालिका, तेह्रथुम
फाकफोकथुम गाउँपालिका, इलाम
विश्रामपुर गाउँपालिका, बारा
हरिवन नगरपालिका, सर्लाही
वाग्मती नगरपालिका, सर्लाही
हरिपुर्वा नगरपालिका, सर्लाही
ब्रह्मपुरी गाउँपालिका, सर्लाही
कञ्चनरूप नगरपालिका, सप्तरी
मरिण गाउँपालिका, सिन्धुली
दुधौली नगरपालिका, सिन्धुली
थाक्रे गाउँपालिका, धादिङ
ताराखोला गाउँपालिका, बाग्लुङ
बारपाक सुलिकोट गाउँपालिका, गोरखा
अन्नपूर्ण गाउँपालिका, 
चामे गाउँपालिका, मनाङ
पुतलीबजार नगरपालिका, स्याङ्जा
डोल्पोबुद्ध गाउँपालिका, डोल्पा
नरहरिनाथ गाउँपालिका, कालिकोट
नाम्खा गाउँपालिका, हुम्ला
पञ्चपुरी नगरपालिका, सुर्खेत
पातारासी गाउँपालिका, 
महाबु गाउँपालिका, दैलेख
भेरी नगरपालिका, जाजरकोट
रास्कोट नगरपालिका, कालिकोट
गौमुल गाउँपालिका, बाजुरा
स्वामीकार्तिक गाउँपालिका, बाजुरा
बूढीगंगा नगरपालिका, बाजुरा
हिमाली गाउँपालिका, बाजुरा
कमलबजार नगरपालिका, अछाम
लालझाडी गाउँपालिका, कञ्चनपुर
केदारस्यूँ जयगढ गाउँपालिका, बझाङ

चैनपुर नगरपालिकाको जस्तै समस्या आउने देखेर मन्त्रालयले यी ३५ वटै स्थानीय तहसँग फेरि सम्पर्क गर्‍यो । छुटेका हस्ताक्षरसहित पुनः माग फारम पठाउन भनियो । अधिकांशले पठाएपनि तर फेरि आएको माग फारममा पहिले पठाएकोभन्दा रिक्त दरबन्दीको विवरण घटबढ भएपछि मन्त्रालय अन्योलमा परेको छ ।

‘नयाँ आएको माग फारममा दरबन्दी घटबढ भएर आएको छ,’ मन्त्रालय स्रोतले लोकान्तरसँग भन्यो । 

दरबन्दी नै घटबढ भएर नयाँ माग फारम आउन थालेपछि मन्त्रालयका लागि टाउको दुखाइको विषय बनेको छ । स्रोतका अनुसार दरबन्दी घटबढ गरी नयाँ माग फारम पठाउनेमा हस्ताक्षर छुटाउनेमध्ये केही र अन्य ७/८ वटा स्थानीय तह छन् ।

चैनपुरका लागि खुलाएको विज्ञापन रद्द हुने !

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चैनपुर नगरपालिकाका लागि प्रकाशित विज्ञापन रद्द गरिदिन आग्रहसहित मंगलवार नै लोक सेवा आयोगलाई पत्र पठाउने तयारी गरेको थियो तर अन्य स्थानीय तहले समेत दरबन्दी घटबढ गरी नयाँ माग फारम पठाएपछि मंगलवार पत्र पठाइएन ।

‘हामीले लोक सेवा आयोगसँग छलफल गर्‍यौं,’ स्रोतले लोकान्तरसँग भन्यो, ‘अन्य स्थानीय तहले पनि दरबन्दी घटबढका लागि पत्राचार गरेकाले ती सबैमाथि एकमुष्ट छलफल गरेर १/२ दिनभित्र पत्र पठाउने तयारी भएको छ ।’

लोक सेवा आयोग ऐनमा अख्तियारवालाले आग्रह गरेमा विज्ञापन रद्द गर्न सकिने व्यवस्था छ । ऐनको दफा २८ को उपदफा (१) मा लेखिएको छ –
‘आयोगले प्रकाशन गरेको विज्ञापन बमोजिम पदपूर्ति गर्नु नपर्ने वा पद आवश्यक नभएको भनी परीक्षा सञ्चालन हुनु अगावै अख्तियारवालाले सो विज्ञापन रद्द गरिदिन कारणसहित लिखित अनुरोध गरेमा आयोगले त्यस्तो विज्ञापन रद्द गर्न सक्नेछ ।’

छलफल गरिरहेका छौं, निर्णय भएको छैन : प्रवक्ता बराल

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव भुपाल बराल भने चैनपुर नगरपालिकाको विज्ञापनका सम्बन्धमा के गर्ने भन्ने निर्णय भइनसकेको बताउँछन् ।

‘निर्णय भइसकेको छैन,’ प्रवक्ता बरालले लोकान्तरसँग भने, ‘रद्द गर्ने कि अरूमा चाहिएको ठाउँमा सिफ्ट गर्ने भन्ने विषयमा छलफल गरिरहेका छौं ।’

रिक्त दरबन्दीको संख्या घटबढ गरी अन्य स्थानीय तहबाट पनि पत्र आएको प्रवक्ता बरालले स्वीकारे । ‘त्यस्ता पत्रहरू आएका छन्,’ सहसचिव बरालले भने, ‘कतिले समायोजन भएर कर्मचारी आए, हामीलाई चाहिएन भनेर पनि पत्र पठाउनुभएको छ, ती पत्रका सम्बन्धमा के गर्ने भन्ने विषयमा हामी छलफलमा नै छौं ।’

मन्त्रालयबाट पत्र आएपछि छलफल गर्छौं : लोक सेवा

लोक सेवा आयोगले भने मन्त्रालयबाट कुनै पत्र नआएकाले अहिले नै यस विषयमा केही भन्न नमिल्ने बताएको छ ।

‘हामीलाई त्यस किसिमको कुनै पत्र आएको छैन,’ आयोग स्रोतले भन्यो, ‘पत्र आएपछि त्यस विषयमा छलफल गर्छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २१, २०७४

नेपालका ‘आइक्यु मास्टर’ कुमार तिमल्सिनाले सामान्य लगाव र धैर्य कायम गर्न सकेमा लोकसेवाको परीक्षा उत्तीर्ण गर्न सकिने बताएका छन् । उनले संसारमा कोही पनि जान्ने र नजान्ने नहुने बताउँदै परीक्षाको व्यापक ...

जेठ ११, २०७९

कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सिन्धुलीले एक जना कर्मचारीको बढुवा सिफारिस गरेको छ । कोलेनिका सिन्धुलीले नेपाल प्रशासन, लेखा समूह, रा.प. अनं. द्वितीय श्रेणीको सह लेखापाल भरतराज भट्टराईलाई बढुवा...

बैशाख २०, २०८०

प्रदेशमा समायोजन भएका र प्रदेश लोकसेवा आयोगबाट सिफारिस भएका निजामती कर्मचारीको अव प्रदेशमै व्यक्तिगत अभिलेख राखिने भएको छ ।  राष्ट्रिय किताबखाना र बागमती प्रदेश सरकारबीच बुधवार संघीय मामिला तथा सामा...

असोज ९, २०७७

लोकसेवा आयोगले कोरोना भाइरसका कारणले स्थगित परीक्षा  सञ्चालन गर्ने भएको छ ।  आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरी परीक्षा सञ्चालनका लागि शाखा अधिकृत र ना...

पुस २८, २०७८

लोकसेवा आयोगले नायव सुब्बा पदमा विज्ञापन खुलाएको छ ।  राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) नायव सुब्बा वा सो सरहका पदहरूमा खुला तथा समावेशीतर्फ विज्ञापन खुलाएको हो ।  न्यूनतम योग्यता पुगेक...

चैत १८, २०७८

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ६ कर्मचारीहरूलाई बढुवा सिफारिस गरेको छ । बढुवा समितिको सचिवालयले उनीहरूलाई नेपाल इन्जिनियरिङ सेवा, सर्भे समूह, राजपत्राङ्कित तृतीय श्रेणी, नापी अधिकृत पद...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x