×

NMB BANK
NIC ASIA

यसरी घरमै बनाउनुस् मुखै रसाउने पानीपुरी

असार १८, २०७६

NTC
Premier Steels

पानीपुरी भनेपछि थप ब्याख्या गरिरहनु नपर्ला । नेपाली सडकमा खुब बेचिने खाद्य पदार्थ हो – पानीपुरी । धेरैलाई स्वादीलो पनि लाग्छ । तर सडकमा बनेको पानीपुरी साह्रै फोहोर हुन्छ । बेच्नेहरूले हात समेत राम्ररी धोएका हुँदैनन् । धुलो धुवाँ खानेकुरामा परिरहेको हुन्छ ।

Muktinath Bank

त्यसबाट बँच्नको लागि के गर्ने ? सजिलो उपाय त घरमै पानी पुरी बनाउने हो । विभिन्न सामग्रीहरू अध्ययन गरेर तयार पारिएको पानीपुरी बनाउने सजिलो तरिका यस्तो रहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पानी पुरी बनाउने तरिका


Advertisment
Nabil box
Kumari

पानीपुरी बनाउको लागि सुरुमा त पानीपुरीको डल्ला बनाउनुप–यो । त्यसको लागि एकदमै सजिलो उपाय छ । दुइसय ग्राम मैदामा दुई सय ग्रामनै सुजि राख्नुहोस । त्यसमा हल्का नुन राख्नुहोस । नुनकै हाराहारीमा बेसन पाउडर राख्नुहोस । भाँडोमा तयार भएको मैदा, सुजि, बेसन पाउडर र नुनलाई राम्रोसँग घोल्नुहोस । अनि विस्तारै थोरै–थोरै गरेर पानी राख्दै मुछ्दै जानुहोस । दुइतीन मिनेट मुछेपछि त्यो तयार हुन्छ । पिठो सुख्खा रोटी बनाउने पिठो जत्तिकै साह्रो बनाउनुहोस ।

Vianet communication

उक्त मुछिएको पीठोलाई आधा घण्टाको लागि भाँडोमा ढकनीले छोपेर राख्नुहोस । आधा घण्टा पछि एउटा भाँडोमा थोरै तेल तताउनुहोस । तेल तात्ने बेला सम्म पीठो बेल्न सुरु गर्नुहोस । 

भाँडोमा भएको पीठोलाई सके सम्म पातलो हुने गरि बेल्नुहोस । सजिलोको लागि दुई सय ग्राम मैदा र दुई सय ग्राम सुजिको पीठोलाई तीन भाग बनाएर बेल्दा सजिलो होला । बेल्दाखेरि बुक्का पीठो र तेल चाहिँ नहाल्नुहोला ।

बेलेर तयार पारिएको पीठोबाट सानो सानो गोलो रोटी काट्न सुरु गर्नुहोस । यसका लागि सबैभन्दा सजिलो गिलासको प्रयोग हुन सक्छ । गिलास चाहिँ एकदमै सानो प्रयोग गर्नुहोस है, नत्र पानी पुरीको पुरिया ठूलो बन्छ । गीलासमा काटेपछि छेउँको नचाहिने पीठोलाई निकाल्नुहोस ।

अब तपाइले पीठो बेलेकै ठाउँमा गोला–गोला साना रोटी तयार भए होलान । अब तीनहरूलाई तेलमा फुराउन सुरु गर्नुहोस । ती रोटीलाई ठकने रोटी जस्तै गरेर फुराउनुहोस । ती रोटी फुरेर सानो सानो गोलो आकारमा तयार हुने छन् । सबै पुरीलाई एकै पटक फुराउँदा हुन्छ । पुरी चाडो पाक्ने भएकोले समयमै फर्काएर हल्का रातो रातो भएपनि निकाल्नुपर्छ ।

अब बाँकी रह्यो पुरिको डल्लो भीत्र राख्ने फिलिङ र पानी कसरी बनाउने भन्ने तरिका । सुरुमा पुरियामा राख्ने पानी बनाउन सिकौं । त्यसका लागि सुरुमा पानी चाहिन्छ ।

पानी, पुदिना, धनिया, अमिलोको लागि इम्ली, भुटेर पिसेको जिरा, धनियाको गेडाको पाउडर, विरे नुनको धुलो, रातो खुर्सानीको धुलो, मरिचको धुलो, कागतीको रस र हरियो खुर्सानी पनि आफ्नो स्वाद अनुसार तयार पार्नुहोस । यो मध्ये कुनै चिज नभएपनि पानी पुरीको पानी चाहिँ बन्छ है । स्वाद केही फरक पर्ला ।

अब सुरुमा धनियाको पात, पुदिना र खुर्सानीलाई मिक्चरमा राख्नुहोस त्यसमा अलिकती पानी पनि राख्नुहोस । धनियार पुदिनाले पानीको स्वाद मिठो बनाउँछ । अब तयार भएको झोललाई बाटा माथी छान्ने राखेर छान्नुहोस । 

चम्चाको सहायताले त्यसलाई राम्री छान्नुहोस । पानी भाँडोमा जम्मा हुन्छ, छोक्रा चाहिँ नफाल्नुहोला है । पछि चाहिन्छ । उक्त पानीमा एक लिटर जति पानी मिसाउनुहोस । किनकी पानीपुरीको पानी त बाक्लो त हुँदैन नि है ।

उक्त पानीमा इम्लीको लेदो, भुटेर पिसेको जिरा, धनियाको गेडाको पाउडर, विरे नुनको धुलो, रातो खुर्सानीको धुलो, मरिचको धुलो, कागतीको रस सबै मिसाउनुहोस । अनि चम्चाले राम्रोसँग हल्लाउनुहोस । पानी पुरीको पानी चाहिँ यसरी तयार हुन्छ है ।

अब चाहिँ पुरिया भित्र राख्ने अचार चाहियो है । पुरियामा औंलाले सानो प्वाल पारेर अचार राख्न सकिने कुरा त तपाइलाई थाहै छ । तर त्यो भन्दा पहिला अचार बनाउन सिकौं ।

यसको लागि चारवटा उसिनेर खोल्साएको आलु, उमालेको चना, प्याज, नुन, खुर्सानीको धुलो, हरियो खुर्सानी, पिसेर राखेको जिराको धुलो र धनिया पाउडर । अब एउटा सानो भाँडोमा आलुलाई मिच्ने, त्यसमा प्याज, जिरेनुन, रातो खुर्सानी, हरियो खुर्सानी, धनिया पाउडर, अघि छानेर राखेको हरियो छोक्रा पनि त्यसैमा राखेर मज्जाले चलाउने ।

अब अचयार पनि तयार भयो है । अब पुरियामा अचार राख्ने, अरु अमिलो पिरो केही थप्न मन लागेको भए त्यसमैमा थोरै थप्ने । दही खान मन लाग्छ भने दही पनि थप्ने । अनि त्यो परियामा दुई चम्चा पानी पुरीको पानी राख्ने र क्वाप्प खाने ।

कस्तो गज्जब है !  स्वादीष्ट पानी पुरि बनाएर खानुहोस । हामीले दिएको बिधी कस्तो लाग्यो ?

यो बिधि साथीहरुसँग पनि बाड्नुहोस ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x