×

NMB BANK
NIC ASIA

बुटवल– ‘मोस्ट वान्टेड’ नसिम अहमद मुसलमान (नसिम खान) उर्फ ‘बादशाह’लाई काठमाडौंमा पक्राउ गरी कपिलवस्तु ल्याइएको छ ।

Muktinath Bank

कपिलवस्तुमा लामो समयदेखि अपराध गर्दै आएका मायादेवी– ४ का खानलाई राष्ट्रिय अनुसन्धान ब्यूरोले काठमाडौंबाट पक्राउ गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बादशाहलाई कपिलवस्तु प्रहरीले आइतबार सार्वजनिक गरेको छ । उनलाई गएराति नै कपिलवस्तु ल्याइएको प्रहरी उपरीक्षक दीप शमशेर राणाले बताए ।


Advertisment
Nabil box
Kumari

खानको पक्राउलाई प्रहरीले ठूलो सफलताको रूपमा दाबी गरेको छ ।

Vianet communication

बादशाह ८ जनाको हत्या र अरू धेरै अपराधिक घटनामा संलग्न भएको आरोपमा कुख्यात अपराधीको रूपमा प्रहरीको खोजी सूचीमा रहेका थिए ।

पक्राउ परेका बादशाहमाथि २०६३ जेठ १९ गते कपिलवस्तु फुलिका ३ का धर्मराज बराईको छोराको धारिलो हतियार प्रहार गरी हत्या गरेको, २०६४ फागुन ६ गते मोतिपुर १ का भुवन भन्ने प्रेम परियारको गोली हानी हत्या गरेको, २०६४ चैत ९ गते हथिहवा ३ का शिवपुजन कुर्मीको गोली हानी हत्या गरेको, २०६५ भदौ २० गते कपिलबस्तु नगरपालिका १० का पारसनाथ कोहारको श्रीमती अकला कोहारको हत्या गरेको, २०६५ कार्तिक ९ गते तत्कालीन पिपरा गाविस सचिव राममिलन प्रसाद गुप्ताको गोली हानी हत्या गरेको, २०६७ वैशाख १३ गते पकडी ६ का राजेन्द्रप्रसाद तिवारीको हत्या गरेको मुद्दा अदालतमा दर्तामा रहेको छ ।

यसैगरी पछिल्लो पटक २०७४ साल वैशाख १३ गते मायादेवी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष फतेह मोहम्मदको छोरा ४ वर्षिय मोहम्मद अयमान मुसलमानको अपहरणपछि हत्या गरेको र २०६४ वैशाख १७ गते कपिलवस्तु नगरपालिका– १ का सन्दीपकुमार गुप्ता गुप्ता चढेको जिप रोकी हतियार (बन्दुक) देखाई २ लाख डाँका चोरी गरेको मुद्दाहरू रहेका छन् ।

पक्राउ गरिएका मोस्ट वान्टेड बादशाहलाई प्रहरीले जिल्ला अदालतमा पेश गर्ने जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताए ।

पछिल्लो समय प्रहरीले विभिन्न हत्या अपराधमा संलग्न रहेका फरार अपराधीहरूलार्ई धमाधम पक्राउ गरेको प्रहरी उपरीक्षक राणाले  बताए ।

नेकपा सदस्य समेत रहेका बादशाहलाई नेकपाकै दबाबमा स्थानीय प्रशासनले हालसम्म संरक्षण गर्दै आएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x