×

NMB BANK
NIC ASIA

खेल–जीवन

'फुच्चे' भनेर फर्काइएको भोलिपल्टको ती ४ गोल, जसले घिसिङलाई फूटबलमा टिकायो

भदौ १४, २०७६

NTC
Premier Steels

काठमाडौं- सानैबाट फूटबलसँग लडीबुडी गरेका राजकुमार घिसिङ (३८)ले गत संस्करणको शहिद स्मारक 'ए' डिभिजन लीगमा सरस्वती युथ क्बलबाट खेले । नेपाली लीगहरूमा सम्मानजनक प्रदर्शन गर्ने गरेका घिसिङलाई सानैदेखि फूटबलमा रुचि थियो । घर सिन्धुपाल्चोक भएपनि उनी राजधानीमै हुर्किए । राजधानीकै साँघुरा गल्लीहरूमा फूटबल के हो बुझ्न पाए ।

Muktinath Bank

उनी पढ्ने स्कूल त्रिपुरेश्वरस्थित विश्व निकेतन । त्रिपुरेश्वर चोकसँगै टाँसिएको छ- दशरथ रंगशाला ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रंगशालामा फूटबलको माहोल हुने नै भयो । उनी कक्षामा पढिरहँदा उनका खुट्टा भने रंगशालातिर दौडिन खोज्थे । तर खेल्न होइन, हेर्न । त्यतिबेला उनलाई लाग्थ्यो- कतिबेला छुट्टी होला र रंगशाला छिरुम् ।


Advertisment
Nabil box
Kumari

स्कूल पढ्ने फुच्चेलाई कहाँ सजिलो थियो र रंगशाला छिर्न । तर घिसिङले सिनियर दाइहरूको सहयोग माग्थे र भित्र छिर्थे ।

Vianet communication

बाल्यकालतर्फ फर्कँदै उनी भन्छन्, 'अन्तिम घण्टी बज्नेबित्तिकै दौडेर रंगशाला गइहाल्थ्यौं । सानोमा टिकट काट्न मिल्दैनथ्यो । कसैको हात समातेर दाइ मलाई रंगशाला छिराइदिनु भन्थेँ । र भित्र छिरेर गेम हेर्थेँ । त्यतिबेला मेरो उद्देश्य हुन्थ्यो कि जसरी पनि रंगशालाभित्र छिर्ने ।' 

रंगशालामा म्याच हेर्न थालेपछि उनलाई पनि लाग्यो- मैले अब जसरी पनि फूटबल खेल्नुपर्छ । त्यसपछि उनको हिम्मत जुट्यो ।

फूटबल खेलेर के गर्छस्?

उनले फूटबलमा भविष्य खोजिरहँदा अहिले जस्तो क्रेज थिएन । फूटबलप्रति अभिभावकहरूको धारणा उति सारो राम्रो नभएको उनको बुझाइ छ । भन्छन्, 'घरबाट बाबु तिमी फूटबल खेल्न जाउ भनेर बूट र बल किनिदिने अवस्था थिएन ।' परिवारले पनि घिसिङको 'फूटबल सपना'लाई राम्रो सपोर्ट गरेन । भन्छन्, ' फूटबल खेलेर के गर्छस् ? बरू पढ्, त्यता नबरालिए हुन्छ । आमाबाले यस्तै भन्नुहुन्थ्यो ।' तर उनी एकोहोरो लागिरहे ।

'फुच्चे'भनेर फर्काए

घिसिङ अग्लो कदका छैनन् । उनको उचाइ अहिले पनि औसत नै छ । त्यतिबेला उनले फूटबलको नियम बुझिसकेका थिए । खेल्न सक्छु भन्ने हिम्मत आइसकेको थियो । १६-१७ वर्षको उमेरमा उनलाई नाम चलेको प्रतियोगिता खेल्ने रहर जाग्यो । त्यो थियो- २०५६ साल चैतको खुकुरी कप । कुमार गुरुङ दाइसँग उनी काठमाडौं क्लबका लागि ट्रायल दिन गए । तर उनले ट्रायल दिन पाएनन् । त्यसको कारण पनि खासै ठूलो छैन । भन्छन्, ' मलाई फुच्चे देखेर पछि ट्राइ गर भाइ भनेर प्रशिक्षक मिगेन्द्र मिश्रले फर्काइदिनुभयो ।'

त्यसपछि उनलाई ब्याइज युनियनका लागि ट्रायल दिन कुमारले नै सहयोग गरे । संघर्षका दिनबारे उनी खुल्छन्, 'कुमार दाइले भोलि हाम्रोमा ट्रायलको लास्ट डेट छ । एकपल्ट ट्राइ मार न भन्नुभयो । अनि म भोलिपल्ट डाइरेक्ट पुल्चोक इन्जिनियरिङ कलेजको मैदानमा गएँ । त्यहाँ चाहिँ फ्रेन्ड्स् क्लबसँग फ्रेन्ड्ली म्याच राखिएको रहेछ ।'

काठमाडौं क्लबले सानो ठानेको घिसिङले ब्याइज युनियनको तर्फबाट चार गोल हाने ।

त्यसपछि उनी खुकुरी कपका लागि ब्याइज युनियनको तर्फबाट 'ओके' भए ।

फ्रेन्ड्ली म्याचको प्रभावले नै उनी नेपालगञ्जमा खेलिएको खुकुरी कपमा ब्याइज युनियनको सेटमै परे र मिडफिल्डको जिम्मा पाए । त्यहाँ पनि उनले आफ्नो खेल कौशल देखाए । कञ्चनपुरसँगको खेलमा क्लबले पाँच गोल हान्दा घिसिङको नाममा दुई गोल रह्यो । कुनै पनि प्रतियोगिताको डेब्यू खेलमै उनले आफूलाई प्रमाणित गरे ।

त्यो लगत्तै ०५७ सालमा 'ए' डिभिजन लीग शुरू भयो ।

अनि उनले ब्याइज युनियनबाट लीगमा डेब्यू गरे । उनी भन्छन्, 'ब्याइज युनियनका प्रशिक्षक सुनिल तुलाधरले राम्रो खेलेको भनेर टीममा पार्नुभयो ।'

'राष्ट्रिय टीममा नटिक्नु मेरै गल्ती'

घिसिङसँग लीगको मात्रै अनुभव छैन । उनी कुनै बेला राष्ट्रिय टीमका खेलाडी पनि हुन् । उनले दुई पटक अन्डर-१९ को खेल खेलेका छन् । त्यस्तै उनले सिनियर टीमको तर्फबाट पाकिस्तानमा सम्पन्न ९ औं साफ पनि खेलेका छन् । उनका अनुसार नेपालको समूहमा भुटान र श्रीलंका थियो । नेपालले श्रीलंकासँग १-० ले  हार्दा भुटानसँग गोलरहित बराबरी खेल्यो । उक्त साफमा नेपालले राम्रो नजिता हात नपारे पनि आफ्नो र विजय गुरुङको प्रदर्शनलाई लिएर मानिसहरूले प्रशंसा गरेको उनी बताउँछन् । भन्छन्, 'मानिसहरूले कलिलो भएपनि राम्रो खेलेको छ भन्थे ।'

तर उनी लामो समयसम्म राष्ट्रिय टीममा भने परेनन् । उनी कारण खुलाउँदै भन्छन्, 'म राष्ट्रिय टीममा नपर्नु मेरै गल्ती हो । न म क्लोज क्याम्पमा गएँ न ट्रेनिङमा नै ।'

किन ?

उनी भन्छन्, 'मैलै अलि चाँडै विवाह गरेँ । परिवारिक कारण थियो । मैले परिवारलाई बढी समय दिनुपर्ने भएकाले फूटबलमा समय दिन सकिनँ ।'

उनले फूटबललाई समय दिन नभ्याउँदा पनि एन्फाका सदस्यहरूले ट्रेनिङका लागि घरसम्मै लिन जाँदा उनलाई निकै खुशी लागेको रहेछ । आफूप्रति त्यतिबेला एन्फाले देखाएको सद्भाव र माया नै ठूलो उपलब्धीको रूपमा लिन्छन् उनी ।

'अझै एक सीजन 'ए' डिभिजन खेल्न मन छ'

०५७ सालबाट 'ए' डिभिजन लीग खेलेका घिसिङलाई व्यावसायिक फूटबलमा दुई दशक पार गर्न मन छ । भन्छन्, 'यत्रो वर्ष फूटबलमा योगदान दिइयो । अब एक वर्ष ए डिभिजन लीग खेलेर फूटबलमा २० वर्ष पूरा गर्न मन छ ।'

अब नयाँ पुस्तालाई फूटबलमा मौका दिनुपर्ने उनको भनाइ छ ।

सँगै खेलेका साथीहरू कोही विदेशमा छन् त कोही आफ्नै व्यवसायमा छन् तर उनी अझै पनि मैदानमै बलसँग भिडिरहेका छन् । उनले अझै पनि खेलेको देखेर पुराना साथीहरूले भन्दा रहेछन्- राजकुमार तँ अझै फूटबल खेलिरहेको छस् ? कति खेल्छस् ?

त्यसैले उनी अब बिस्तारै फूटबलबाट विश्राम लिन चाहन्छन् । तर पूर्ण रूपमा भने होइन । उनी प्रशिक्षण र टीम म्यानेजमेन्टमा ‍फूटबलसँगै हुनेछन् ।

अब उनको एउटै मात्र धोको छ- अर्को सीजन जसरी हुन्छ 'ए' डिभिजन खेल्ने ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x