
बुटवल- रूपन्देहीमा डेंगु संक्रमबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । आइतबार सैनामैना नगरपालिका वडा नम्बर ३ मुर्गिया निवासी ५६ वर्षिया शोभा परियारको उपचारको क्रममा लुम्बिनी प्रादेशीक अस्पातल बुटवल मृत्यु भएको छ । गएको भदौ २२ गते कपिलस्तु वाणगंगा नगरपालिका–७ की सावित्रा आचार्यको पनि प्रादेशिक हस्टिलमा मृत्यु भएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्रप्रसाद गिरीले जिल्लामा डेंगु संक्रमणको संख्या पाँच सय पुगेको बताए । उनले ति मध्ये ३ सय ४९ जना रुपन्देहीका र १ सय ४० बाहिरी जिल्लाका रहेको जानकारी दिए । उनले भने, ‘रोकिएको छैन । महामारी छ भन्ने अवस्था पनि छैन । नियन्त्रण गर्न लाग्नुपर्छ ।’
प्लेटिलेस १ लाख भन्दा कमी, सेतो रक्तकोष चार हजार भन्दा कम भएमा मात्र आफूहरुले किटको प्रयोग गरेर चेकजाँच गर्न आग्रह गरिएको बताए ।