३१ असार २०८३, बुधबार

दशैंमा खाद्य संस्थानले २ हजार च्याङ्ग्रा किनबेच गर्ने, अझै तोकिएन मूल्य

असोज ६, २०७६
दशैंमा खाद्य संस्थानले २ हजार च्याङ्ग्रा किनबेच गर्ने, अझै तोकिएन मूल्य
फाइल तस्वीर

काठमाडौं– खाद्य संस्थानले यस वर्षको दशैंको लागि २ हजार च्याङ्ग्रा बिक्री गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि २ हजार च्याङ्ग्रा विक्री गर्ने भएको हो ।

कम्पनीकी सूचना अधिकारी शर्मीला न्यौपानेले दशैंका लागि २ हजार च्याङ्ग्रा र १ हजार खसी बोका खरिद गरेर कम्पनीले बिक्री गर्ने जानकारी दिइन् ।

विभिन्न ठाउँबाट खरिद गरेर काठमाडौं ल्याउनका (ढुवानी)का लागि ठेक्का  प्रक्रिया भइसकेको सूचना अधिकारी न्यौपानेले जानकारी दिइन् । च्याङ्ग्रा तथा खसीबोका ढुवानीका लागि कम्पनीले ठेक्का प्रक्रिया गरिसकेकाले आगामी १० असोज भित्र काठमाडौं आइपुग्ने न्यौपानेले बताइन् ।

च्याङ्ग्रा मनाङ र मुस्ताङ तथा खसीबोका  दाङ र हेटौडाबाट खरिद गरिने कम्पनीका खरिद विक्री विभाग प्रमुख सुरेन्द्रराज विष्टले जानकारी दिए ।

खरिद गरेको मूल्य र त्यसमा लाग्ने ढुवानीका आधारमा काठमाडौंमा विक्रीका लागि मूल्य निर्धारण गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जानकारी दिएको छ । जिल्लाबाट खसी बोकाको मूल्य माग गर्दा ज्युँदोको प्रतिकिलो ५ सय ५० रुपैयाँका दरले कम्पनीमा पठाएको विष्टले बताए ।

च्याङ्ग्राको मूल्य अझै नतोकिएको र आज बेलुका सम्म तोकिने उनको भनाई छ । ‘सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको  अध्यक्षतामा मूल्य निर्धारण समिति गठन गरी मूल्य निर्धारण गरिँदै आएको छ’ विष्टले लोकान्तरसँग भने, ‘हामीले बिक्री दर माग गर्दा ज्युँदो खसीबोकाको स्थानीय मूल्य साढे ५ सय रुपैयाँका दरले आएको छ । च्याङ्गा्रको आज बेलुका सम्म निर्धारण गरिन्छ, ।’

काठमाडौंमा ल्याइसकेपछि थापाथलीस्थित कम्पनीको अञ्चल कार्यालयबाट च्याङ्ग्रा र खसीबोका विक्री गरिने छ ।

कम्पनी (यसअघि खाद्य संस्थान) ले विगतका वर्षहरुमा पनि च्याङ्ग्रा तथा खसीबोका खरिद गरी विक्री गर्दै आएको छ । कम्पनीका प्रबन्धक योगेन्द्र गौचनले दशैं तिहार, छठ लगायतका पर्वमा उपभोक्ताले बजार मूल्य थाहा पाउन् र मूल्यमा नठगिउन् भन्ने उद्येश्यले कम्पनीले च्याङ्ग्रा र खसीबोका खरिद गरी विक्री गर्दै आइरहेको बताए ।

कम्पनीले गत वर्ष दशैंमा ३०७ खसिबोका बिक्री वितरण गरेको र सो को तुलनामा यो वर्षको दशैमा धेरै खसीबोका बिक्री गर्न लागेको सूचना अधिकारी न्यौपानेल बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्