×

NMB BANK
NIC ASIA

दशैंमा खाद्य संस्थानले २ हजार च्याङ्ग्रा किनबेच गर्ने, अझै तोकिएन मूल्य

असोज ६, २०७६

NTC
फाइल तस्वीर
Premier Steels

काठमाडौं– खाद्य संस्थानले यस वर्षको दशैंको लागि २ हजार च्याङ्ग्रा बिक्री गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि २ हजार च्याङ्ग्रा विक्री गर्ने भएको हो ।

Muktinath Bank

कम्पनीकी सूचना अधिकारी शर्मीला न्यौपानेले दशैंका लागि २ हजार च्याङ्ग्रा र १ हजार खसी बोका खरिद गरेर कम्पनीले बिक्री गर्ने जानकारी दिइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विभिन्न ठाउँबाट खरिद गरेर काठमाडौं ल्याउनका (ढुवानी)का लागि ठेक्का  प्रक्रिया भइसकेको सूचना अधिकारी न्यौपानेले जानकारी दिइन् । च्याङ्ग्रा तथा खसीबोका ढुवानीका लागि कम्पनीले ठेक्का प्रक्रिया गरिसकेकाले आगामी १० असोज भित्र काठमाडौं आइपुग्ने न्यौपानेले बताइन् ।


Advertisment
Nabil box
Kumari

च्याङ्ग्रा मनाङ र मुस्ताङ तथा खसीबोका  दाङ र हेटौडाबाट खरिद गरिने कम्पनीका खरिद विक्री विभाग प्रमुख सुरेन्द्रराज विष्टले जानकारी दिए ।

Vianet communication

खरिद गरेको मूल्य र त्यसमा लाग्ने ढुवानीका आधारमा काठमाडौंमा विक्रीका लागि मूल्य निर्धारण गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जानकारी दिएको छ । जिल्लाबाट खसी बोकाको मूल्य माग गर्दा ज्युँदोको प्रतिकिलो ५ सय ५० रुपैयाँका दरले कम्पनीमा पठाएको विष्टले बताए ।

च्याङ्ग्राको मूल्य अझै नतोकिएको र आज बेलुका सम्म तोकिने उनको भनाई छ । ‘सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको  अध्यक्षतामा मूल्य निर्धारण समिति गठन गरी मूल्य निर्धारण गरिँदै आएको छ’ विष्टले लोकान्तरसँग भने, ‘हामीले बिक्री दर माग गर्दा ज्युँदो खसीबोकाको स्थानीय मूल्य साढे ५ सय रुपैयाँका दरले आएको छ । च्याङ्गा्रको आज बेलुका सम्म निर्धारण गरिन्छ, ।’

काठमाडौंमा ल्याइसकेपछि थापाथलीस्थित कम्पनीको अञ्चल कार्यालयबाट च्याङ्ग्रा र खसीबोका विक्री गरिने छ ।

कम्पनी (यसअघि खाद्य संस्थान) ले विगतका वर्षहरुमा पनि च्याङ्ग्रा तथा खसीबोका खरिद गरी विक्री गर्दै आएको छ । कम्पनीका प्रबन्धक योगेन्द्र गौचनले दशैं तिहार, छठ लगायतका पर्वमा उपभोक्ताले बजार मूल्य थाहा पाउन् र मूल्यमा नठगिउन् भन्ने उद्येश्यले कम्पनीले च्याङ्ग्रा र खसीबोका खरिद गरी विक्री गर्दै आइरहेको बताए ।

कम्पनीले गत वर्ष दशैंमा ३०७ खसिबोका बिक्री वितरण गरेको र सो को तुलनामा यो वर्षको दशैमा धेरै खसीबोका बिक्री गर्न लागेको सूचना अधिकारी न्यौपानेल बताइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x