×

NMB BANK
NIC ASIA

खेल संघर्ष

बहुमुखी इन्द्रमान : फूटबलर, तेक्वान्दो खेलाडीदेखि अधिवक्तासम्म

असोज ११, २०७६

NTC
Premier Steels

काठमाडौं– इन्द्रमान तुलाधर (५०) अहिले एन्फाका महासचिव हुन् ।

Muktinath Bank

'ए' डिभिजन क्लब संकटाका अध्यक्ष पनि हुन् । उनको परिचय यतिमै सीमित छैन । उनीसँग वकालत, अध्यापन र तेक्वान्दो खेलको पनि अनुभव छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इन्द्रमानको टोल संकटा । संकटामा फूटबलको माहोल हुने नै भयो । अझ भनौं उनका पाँचै जना दाजुभाइको साइनो फूटबलसँग जोडिएको छ । त्यही माहोलले उनलाई पनि फूटबलप्रति आकर्षित गराएछ । भन्छन्, ' ठूलो दाइले बी डिभिजनसम्म खेलेको हो । साइलो दाइले चाहिँ ए डिभिजन पनि खेल्यो । पाँच जना दाजुभाइ पाँचै जनाले फूटबल खेल्यौं ।'


Advertisment
Nabil box
Kumari

उनको साइलो दाइले उमेर समूहबाट राष्ट्रिय टीमको प्रतिनिधित्व गरे भने अरूले ए डिभिजनसम्म मात्रै खेले ।

Vianet communication

संकटा क्लबको आसपासमा भएकाले उनलाई बलको खासै खाँचो थिएन । तर जुत्ता भने लगाएर खेल्न पाएनन् । खाली खुट्टै बल हान्थे उनी । उनको फूटबलप्रतिको मोह त टुँडिखेलमा बत्ती रहुञ्जेलसम्म खेल्नुले पनि झल्काउँछ । उनी बाल्यकाल सुनाउँछन्,  'स्कूल सकिएपछि जबसम्म बल देखिन्छ तबसम्म हामी खेलेको खेल्यै गर्थ्यौं ।'

उमेर समूहको खेल भने उनले १२ वर्ष मुनिबाट शुरू गरे । संकटाबाट उनले खेलेका थिए । तर आफूले खेल्दा उपाधि बाहिर लान दिएनन् ।

उनले स्कूलका प्रतियोगिताहरू धेरै खेले । नेपाल आदर्श पढ्दा भानुभक्त र बुढानिलकण्ठका टीमहरू उनीहरूका प्रतिस्पर्धी हुन्थे । तर हत्तपत्त उनको टीमले हार खाँदैन्थ्यो रे !

*****

इन्द्रमानले पहिलोपटक खेल्दा मणिविक्रम शाह एकदमै राम्रो छ भन्ने सुनेका थिए । उनी डिफेन्स खेल्थे भने मणि शाह स्ट्राइकर थिए ।

मणि शाहसँगको रमाइलो किस्सा सुनाउँदै उनी भन्छन्, 'एउटा खेलमा मलाई मणिविक्रमलाई कभर गर्नु भनिएको थियो तर मैले नचिन्ने । अनि दुई गोल हानेपछि तँलाई मैले मणि शाहलाई कभर गर भनेको होइन भन्थे । तर मैले कभर गरेको छु भन्दा अर्कै पो परेछ ।'

पहिलो पटक हारेपनि दोस्रो पटक भने नेपाल आदर्शले उपाधि उचाल्यो ।

डिफेन्सको काम भनेको विपक्षी टीमलाई गोल गर्न नदिनु हो । अझ भनौं विपक्षी टीमलाई आफ्नो एरियामा खेल्न नदिनु हो । उनको भूमिका त्यस्तो भएकाले गोल गर्ने खेलाडीको सूचीमा उनको नाम भने अटाउँदैनथ्यो ।

तर इन्द्रमानले असाध्यै राम्रो थ्रो गर्थे रे । भन्छन्, ' अविस्मरणीय गोल भनेको मैले थ्रो बाट नै गोल गरेको छु । म थ्रो चाहिँ असाध्यै राम्रो गर्थेँ ।'

*****

फूटबल खेल्दा खेल्दै उनले एसएलसीको परीक्षा दिए । त्यसपछि बी डिभिजनको म्याच चलिरहेको थियो ।

खेलकै समयमा अप्सनल म्याथको परीक्षा पनि पर्‍यो । तर उनी परीक्षा नसकी रंगशाला हुत्तरिए । भन्छन्, 'फूटबलको त्यत्रो मोह हुन्थ्यो कि ८० नम्बर गरेपछि पास भइहालियो भन्ने सोचेर कपी बुझाएर फूटबल खेल्न हिँडे । समयमै गए पहिलो सेटमा पर्ने भएकाले म दौडिएर रंगशाला गएँ ।'

परीक्षा बीचमै छोडेर गएको म्याच जिते पनि उनको रिजल्ट भने सोचेजस्तो आएन । उनी जम्मा चार नम्बरका कारण सेकेन्ड डिभिजनमा चित्त बुझाउन बाध्य भए ।

एसएलसीपछिको खाली समयमा उनले तेक्वान्दो सिकेका थिए । इन्डिभिजुअल गेम भएकाले उनलाई तेक्वान्दोले तानेको रहेछ । उनले तेक्वान्दोमा यति मेहनत गरे कि ८-९ महिनामै नेशनल गेम खेले ।

'धनगढीमा चौथो राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप भयो । म बागमतीबाट सेलेक्ट भएको थिएँ । त्यो खेलेपछि ममा आत्मबल बढ्यो । मेडल भने जित्न सकिनँ,' भन्छन्, 'त्यो खेलको आधारमा तेक्वान्दो संघले स्पेनमा हुने विश्व च्याम्पियनसिपका लागि मलाई बी टीमबाट क्लोज क्याम्पमा राख्यो ।'

उनको सपना थियो, पाइलट बन्ने । तर राम्रो अंक नआएका कारण राम्रो कलेज पनि पढ्न पाएनन् । अस्कल र त्रिचन्द्र दुवैमा नाम निस्किएन । पाटन क्याम्पसमा व्यवस्थापनतर्फ भर्ना भए । तर तेक्वान्दोको क्लोज क्याम्पका कारण पढाइमा डिस्टर्ब भयो । संघर्षका दिनबारे खुल्छन् उनी, 'भर्ना भएको एक महिनामै क्लोज क्याम्पका क्लोज क्याम्पमै बसेँ । पढाइ बिग्रिहाल्यो ।'

त्यसपछि उनले सन् १९८७ मा आमन्त्रित सगरमाथा तेक्वान्दो च्याम्पिनसिपमा कास्यपदक जिते । पदक जित्दाको अनुभव साट्दै भन्छन्, 'मैले भुटानको खेलाडीलाई हराएर सेमिफाइनलमा पुगेको थिएँ । त्यो नै हो मेरो अन्तर्राष्ट्रिय पदक ।'

त्यतिबेला पुरस्कार स्वरूप पाँच हजार रुपैयाँ पाएको उनी बताउँछन् ।

उनी तेक्वान्दोको क्लोज क्याम्पमा बसिरहेका थिए । सोही क्रममा उनको भेट विधान लामासँग भयो । उनले इन्द्रमानलाई तेक्वान्दोभन्दा पनि पढाइमा केन्द्रित हुन सुझाएछन् ।

उनलाई विधान लामाको कुरा 'हो' झैं लाग्यो । र छाडिदिए- तेक्वान्दो क्याम्प ।

पब्लिक युथ क्याम्पसमा उनी म्यानेजमेन्ट संकायमा भर्ना भए ।

भन्छन्- त्यसपछि मैले तेक्वान्दोको कम्पिटिसन छोडेँ । म पुन: फूटबलतिर लागेँ । तेक्वान्दोमा खेल्यो भने क्लोज क्याम्प राखेको राख्यै गर्ने गाह्रो हुने भयो । फूटबलमा त म नेशनल टीममा थिइनँ नि ।

उनले जति ए डिभिजन खेले, अन्तिम म्याचबाहेक सबैमा ९० मिनेटनै खेले । उनी क्लबका शारीरिक रूपमा फिट भएका खेलाडीमा दरिन्थे । थप्छन्, 'म मैदानमा छिरेपछि सकेर मात्र बाहिर निस्कन्थेँ ।'

उनले संकटाका लागि ए डिभिजन लीग विसं २०४४ सालदेखि २०५७ सम्म खेले ।

स्कूलदेखि कलेजसम्मका प्रतियोगितामा प्रथम हुन भूमिका निभाउने गरेका इन्द्रमानलाई संकटालाई लीग विजेता बनाउन नसकेकोमा चिन्ता रहेछ । 'संकटाका लागि एकपटक पनि उपाधि दिलाउन सकिनँ । खेलाडीको रूपमा पनि सकिनँ र पदाधिकारीको रूपमा पनि सकिनँ । खेल्दाखेरि नेशनल लीगमा दोस्रो मात्र भयौं । पदाधिकारीको हिसाबमा पनि दोस्रो मात्रै बनाउन सकेँ, ' यति भन्दा उनको अनुहार मलिन थियो । तर अब संकटा र समग्र फूटबल विकास लागि दीर्घकालीन र इफेक्टिभ योजना बनाइरहेको उनले सुनाए ।

*****

उनी खाली समयको सदुपयोग गर्न माहिर रहेछन् । एसएलसीपछिको खाली समयमा समेत उनले नेशनल क्याडेट कोर्ष 'एनसीसी'को तालिम लिएका रहेछन् । र त सेकेन्ड लेफ्टिनेन्टतर्फ पनि आकर्षित भए । आर्मी बन्नपर्छ सोचेर त्रिभुवन आर्मी क्लबबाट फूटबल पनि खेले । झापामा भएको त्रिभुवन गोल्डकपमा उपाधि पनि दिलाए । तर झापा बसाइ उनलाई सिकाइ बन्यो । झापाको ब्यारेकमा रहेका आर्मीको जीवन देखेर उनलाई दिक्दार लागेछ । अनि आर्मीको सपना पनि त्यागे उनले ।

कालिङपुङ,नरेन्द्रमान सिंह र भाइचन भुटिया

उनले शाही नेपाल वायुसेवा निगमको फूटबल क्लबबाट पनि डेढ वर्ष खेले । त्यसपछि दार्जिलिङको कालिङपुङबाट पनि फूटबल खेले । नरेन्द्रमान सिंहको दार्जिलिङतिरका क्लबसँग राम्रो सम्बन्ध रहेछ । त्यसैले उनले नेपाली खेलाडीहरूलाई पनि कालिङपुङबाट खेल्ने मौका जुराइदिए ।

कालिङपुङको एउटा अनुभव उनले सुनाए-

मैदानमा नरेन्द्रमान उहाँसँग त्यहाँ खेल्न जाँदा मैले भाइचन भुटियासँग पनि खेलेँ । भाइचन भुटिया मैदानमा आए । नरेन्द्रले सोधे तैंले त्यो केटालाई चिन्छस् ?

मैले चिन्दिनँ दाइ भनेँ ।

दाइले भन्नुभयो कि त्यो अहिले सबैभन्दा राइजिङमा आएको इन्डियाको प्लेयर हो भाइचन भुटिया ।

हेर म त्यसको टाङमुनिबाट दुई पटक बल छिराएर देखाइदिन्छु । नभन्दै उहाँले कर्नरतिर लगेर भाइचन भुटियाको दुईपटक टाङमुनिबाट बल छिराइदिनुभयो । उहाँ नेपालका एकदमै राम्रो खेलाडी हुनुहुन्थ्यो ।

*****

पाइलट र आर्मी नबनेपछि उनको मन वकालततर्फ मोडियो । उनी बीएल भर्ना भए । अन्तत: पास पनि भए ।

एक-दुई मुद्दा हेरे । तर उनलाई त्यो पेशाले सन्तुष्टि दिएन । पेशा ठीक लागेन उनलाई ।

कस्ता मुद्दाको वकालत गर्नुभयो ?

भन्छन्, 'सामान्य देवानी मुद्दा थियो । त्यो मिलापत्रमा टुंगियो पछि । यो पेशा मेरो वशको कुरा होइन जस्तो लागेर एमबीए गरेँ ।'

वकालतबाट पनि हात झिकेपछि उनले कलेज पढाउन थाले । पब्लिक युथ नै पढेका इन्द्रमानले आठ वर्ष त्यहीँ पढाए । उनीसँग अध्यापनको पनि अनुभव जोडियो ।

*****

इन्द्रमानलाई खेल र पढाइ वा अध्यापन सँगसँगै लान सकिन्छ जस्तो लाग्छ । त्यसका लागि समय व्यवस्थापनमा भने ध्यान दिनुपर्ने उनको बुझाइ छ ।

खेलको खेलमै लागे मात्रै पढाइ बिग्रने हो नत्र त्यसो नहुने उनको तर्क छ । भन्छन्, 'खेल र पढाइसँगसँगै लैजाँदा मलाई पढाइ बिग्रिन्छ भन्ने लाग्दैन । तेक्वान्दो र फूटबलसँगै खेल्दै पढ्दै गरेको हो मैले ।'

उनीसँग तेक्वान्दोको सहायक प्रशिक्षक भएर १२ वर्ष काम गरेको अनुभव पनि छ । त्यसपछि उनले कोरियामा गएर प्रशिक्षकको इन्टरनेशनल सर्टिफिकेट नै लिए । खेल्न छोडे पनि तेक्वान्दोको हरेक एक्जामहरू दिए । उनी 'सिक्स डान' हुन् ।

*****

उनले लामो समय फूटबल खेले । र देखे- फूटबल खेल्दै गर्दा खेलाडीहरूले भोग्नुपर्ने समस्याका चाङ ।

उनकै पहलमा फूटबलमा धेरै प्रगतिहरू भएका छन् । धेरै सकारात्मक पहलहरू भएका छन् । त्यसबारे हामी अर्कै श्रृंखलामा चर्चा गर्नेछौं ।

तर एउटा घटना र पहल उनकै शब्दमा:

राष्ट्रिय लीगको क्रममा प्रहरीको तालिम केन्द्रमा गेम भइरहेको थियो । संकटा र थ्रीस्टार भिड्दै थिए । गेम निकै महत्त्वपूर्ण थियो । पानी सिमसिम परिरहेको थियो ।

ललित दाइ कोर्डिनेटर हुनुहुन्थ्यो । मैले पानी पर्दै छ । एम्बुलेन्स पनि छैन डाक्टर पनि छैन नखेलुम् भनेँ। मैले एम्बुलेन्स स्ट्यान्डबाइ राख्न अनुरोध गरेँ । यसैबीच गणेश थापा आउनुभयो । फूटबल पनि डरलाग्दो गेम हो । खेलाडीहरू घाइते हुन सक्छन् भनेर एम्बुलेन्स र डाक्टर माग गरेँ ।

तर गणेश थापाले गाडी मेरै छ नि भन्नुभयो । त्यही गाडीमा भएपनि लान्छु, भन्नुभयो । यहीँ त हो टिचिङ हस्पिटल कति टाढा छ र भन्नुभयो । डाक्टर त ल्याउनुस् भनेँ । एउटा मान्छे सेतो एप्रोन लगाएर आयो ।

हामीले हो कि भनेर फूटबल शुरू गर्‍यौं ।

खेल शुरू भएको १५-२० मिनेटमै संकटाको गोलकीपरको पोलमा ठोक्किएर कानबाट रगत आयो ।

मैले डाक्टरलाई कल गरेँ ।

उहाँ आउनुभयो ।

तर मेडिकल बक्स खोल्न जान्नुभएन ।

त्यसपछि मैले तँ डाक्टर नै होइनस् भनेर लखेट्न थालेँ । त्यसपछि एन्फाले हरेक प्रतियोगितामा एम्बुलेन्स र डाक्टर अनिवार्य राख्ने गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

x