१० साउन २०८३, आइतबार

गोंगबुमा पनि अनुगमन टोली पुग्दा भागाभाग, टोलीका सदस्यहरू व्यापारीको घेराबन्दीमा !

असोज १२, २०७६
गोंगबुमा पनि अनुगमन टोली पुग्दा भागाभाग, टोलीका सदस्यहरू व्यापारीको घेराबन्दीमा !
प्रतिकात्मक तस्वीर

काठमाडौं– काठमाडौंको गोंगबुस्थित बिजी मलका पसलेहरू अनुगमन छल्न सटर बन्द गरेर भागेका छन् ।

सरकारी टोली आइतवार दिउँसो अनुगमनका लागि पुग्दा केही व्यापारी सटर बन्द गरेर भागेका हुन् । बाँकी रहेकाले भने अनुगमन टोलीलाई नै घेराबन्दी गरेका छन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको ४ वटा टोली अनुगमनका लागि त्यहाँ पुगेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको सचिवालयका अनुसार मन्त्रीले पसल बन्द गरेर व्यापारीहरू भागेमा उक्त पसललाई सिल गर्न निर्देशन दिएका छन् ।

अनुगमन टोलीको सुरक्षाका लागि प्रहरी टोली खटाउन समेत मन्त्रीले आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

यसअघि बिहीवार दरवार मार्गका पसलेहरू पनि पसल बन्द गरेर भागेका थिए ।

बन्द रहेका पसल र घेराबन्दी गर्ने व्यापारीलाई के गर्ने भन्ने विषयमा निर्णय लिइनसकेको अनुगमन टोलीले जनाएको छ ।

'केही पसल बन्द गरेर भागे, केहीले हामीलाई किन कारवाही गरेको भनिरहेका छन्, विभागबाट महानिर्देशक (योगेन्द्र गौचन) आउँदै हुनुहुन्छ, उहाँले के निर्णय गर्नुहुन्छ, अनि एक्सन लिन्छौं,' अनुगमन संयोजक कपिलप्रसाद रेग्मीले लोकान्तरसँग भने ।

salt training

कमेन्ट गर्नुहोस्