०४ साउन २०८३, सोमबार

शीको गृहनगर सियान र नेकपा महासचिव पौडेलको गृहनगर बुटवलबीच भगिनी सम्बन्ध स्थापना

असोज २६, २०७६
शीको गृहनगर सियान र नेकपा महासचिव पौडेलको गृहनगर बुटवलबीच भगिनी सम्बन्ध स्थापना

बुटवल– नेपालको बुटवल र चीनको सियान शहरबीच भगिनी सम्बन्ध स्थापनासम्बन्धी समझदारी भएको छ ।

दुई नगरबीच भगिनी सम्बन्ध स्थापनासम्बन्धी समझदारीपत्र प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति शी चिनफिङको उपस्थितिमा आइतवार आदानप्रदान गरियो ।

सुखद् संयोग कस्तो पनि परेको छ भने सियान चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव समेत रहेका राष्ट्रपति शी चिनफिङको गृहनगर हो भने बुटवल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेलको गृहनगर हो ।

प्रतिनिधि सभामा पौडेलले रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधित्व गर्छन् । रुपन्देहीको सदरमुकाम रहेको बुटवल प्रदेश ५ को अस्थायी राजधानी समेत हो ।

चिनियाँ राष्ट्रपति शीसँग भेट गर्दै नेकपा महासचिव पौडेल

समझदारीपत्र बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदी र सियान शहरका तर्फबाट चिनियाँ राजदूत होउ याङ् छीले एकअर्कालाई हस्तान्तरण गरे ।

दुई शहरबीच स्थापना भएको भगिनीसम्बन्धले संस्कृति आदानप्रदानमा सहयोग पुग्ने विश्वास गरिएको छ । 

सियान चीनमा सांस्कृतिक हिसाबले धनी नगर मानिन्छ भने बुटवल पनि बुद्धको जन्मस्थल लुम्बिनी नजिकको ठूलो शहर हो ।

यसैक्रममा काठमाडौं महानगरपालिका र चीनको नान्सी शहरबीच पनि भगिनी सम्बन्ध स्थापना भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्