×

NMB BANK
NIC ASIA

पैसा नभएकै कारण नागरिक उपचारबाट वञ्चित हुँदैनन् : मन्त्री ढकाल

मंसिर १४, २०७६

NTC
Premier Steels

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले पैसा नभएकै कारण नागरिक उपचारबाट वञ्चित नहुने बताएका छन् ।

Muktinath Bank

भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको निरीक्षणपछि आयोजित छलफलमा उनले हरेक बिरामीलाई राज्य मेरो अभिभावक हो भन्ने प्रत्याभूति दिलाउने गरी काम गर्ने उल्लेख गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रारम्भिक चरणमा मन्त्रालयको काम र अस्पतालको अवस्थाबारे जानकारी लिइरहेको मन्त्री ढकालले बताए । उनले औषधि किन्न नपर्ने गरी राज्यको तर्फबाट सेवा प्रदान गर्ने योजना रहेको बताए ।


Advertisment
Nabil box
Kumari

‘विदेश भ्रमणका नाममा राज्यको स्रोत दोहन भएको छ,’ उनले भने, ‘अब यस्तो प्रवृत्ति दोहोरिँदैन् ।’ अनावश्यक कुरामा राज्यलाई खर्चको भार बोकाउने परिपाटीको अन्त्य गरिने मन्त्री ढकालको भनाइ थियो । 

Vianet communication

अनावश्यक सेवा सुविधा कटौती गरी नागरिकलाई निःशुल्क औषधि दिनेतर्फ आफ्नो ध्यान केन्द्रित भएको मन्त्री ढकालले उल्लेख गरे । उनले अबदेखि स्वास्थ्य क्षेत्रमा पद रिक्त नहुने बताए ।

‘अब पद रिक्त हुँदैनन्, समय भने लाग्छ, हिजोका गल्ती दोहोरिनु हुँदैन,’ उनले भने । चिकित्सक अस्पतालभित्र र निजामती कर्मचारी मन्त्रालय आउँदा आस्थाका आधारमा सेवालाई बिटुल्याउन नहुने उनको तर्क थियो ।

प्रारम्भिक चरणमा देशका सबै अस्पतालको अवस्था बुझ्ने र त्यसपछि दु्रतरुपमा काम गर्ने मन्त्री ढकालले प्रतिबद्धता जनाए । सो अवसरमा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल र अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यले अस्पतालको अवस्थाबारे जानकारी गराएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x