![साग फूटबलमा नेपालले स्वर्ण पदक जित्दा दशरथ रंगशालामा जे देखियो [फोटो/भिडियो]](https://lktcdn2.prixacdn.net/media/IMG_0622_tUjR2JEAou.png)
दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को १३औं संस्करणअन्तर्गत फूटबलमा नेपालले स्वर्णपदक हात पारेको छ ।
दशरथ रंगशालामा मंगलवार भएको फाइनल भिडन्तमा भुटानलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले लगातार दोस्रोपटक साग फूटबलमा स्वर्णपदक हात पारेको हो ।
नेपालले फूटबलको फाइनल खेलिरहँदा दशरथ रंगशाला दर्शकहरूले भरिभराउ थियो । खेल अवधिभर हुटिङ गर्दै दर्शकहरूले खेलाडीहरूलाई साथ दिएका थिए ।
भुटानी खेलाडीहरूका लागि पनि तालीले स्वागत र सम्मान गर्दै दर्शकहरूले सौहार्दता प्रकट गरेका थिए ।
त्यसो त भुटानी खेलाडीहरूले पनि शुरूमा वार्मअपका लागि मैदान प्रवेश गरेपछि दर्शकहरूलाई नमस्कार गरेर अभिवादन गरेका थिए ।
दशरथ रंगशालाको माहोल हेर्नुहोस्, भिडियोमा :
हेर्नुहोस्, दशरथ रंगशालामा मंगलवार भएको फाइनल भिडन्तका छानिएका केही तस्वीरहरू :















