कमलपोखरी इस्लिङटन कलेजले स्नातक तहमा उत्कृट छनौट भएका तीन विद्यार्थीलाई लण्डन मेट्रोपोलिटन विश्वविद्यालयमा सूचना प्रविधिको स्नातकोत्तर तह अध्ययन गर्ने गरी पुर्ण छात्रवृत्ति घोषणा गरेको छ ।
कलेजको दिक्षान्त समारोहमा कलेज र आइएनजी ग्रूपका अध्यक्ष शुलभ बुढाथोकीले छात्रवृत्ति घोषणा गरेका हुन् ।
छात्रवृत्ति पाउने विद्यार्थीहरुमा त्रिजन मानन्धर, सविन नकर्मी र अरुण आचार्य रहेका छन् । उनीहरूले विश्वविद्यालयमा थप अध्ययनगर्न छात्रवृत्ति पाएका हुन् ।
अध्यक्ष बुढाथोेकीले विश्वविद्यालयमा खान, बस्न र हवाई टिकट र अध्ययनको लागि तीन जनालाई पूर्ण छात्रवृत्ति उपलब्ध गराएको जानकारी दिए ।
विश्वविद्यालयमा सूचना प्रविधि र व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययनको लागि सम्पूर्ण खर्च विश्वविद्यालयले व्यहोर्ने भएको छ । ‘छनौटमा परेका विद्यार्थीलाई पूर्ण अध्ययनका लागि सो कलेजले ३३ हजार पाउन्डको छात्रवृत्ति पाउनेछन्,’ कलेजका अध्यक्ष बुढोथोकीले भने ।
स्लिङटन कलेजमा अध्ययन गर्ने विद्यार्थीको विद्यार्थीको सूचना, प्रविधिको पढाइ उत्कृष्ट रहेकाले थप अध्ययन गर्न छात्रवृत्ति दिएको जानकारी गराए । उनले भने, ‘छात्रवृत्तिसँगै थप अध्ययन पूरा गरेका विद्यार्थीले नेपालमै रोजगारी सिर्जना गर्न सकून् भन्ने उद्देश्यले छात्रवृत्ति दिएका हौं ।’
कलेजमा अध्ययनरत २ विद्यार्थीलाई कलेजमै अध्ययन गर्न छात्रवृत्ति दिएको छ । छात्रवृत्ति पाउनेमा रसिला श्रेष्ठ र कोमल निरौला रहेका छन् । उनीहरुलाई स्नातकोत्तर तह अध्ययन गर्न छात्रवृत्ति दिएको कलेजले जनाएको छ ।
कलेजमा स्नातक तह पूरा गरेका गरेका ४ सय ४५ विद्यार्थी दिक्षीत भएका छन् । काठमाडौंमा आयोजित समारोहमा लण्डन मेट्रोपोलिटन विश्वविद्यालयका भाइस चान्सलर लिन प्राध्यापक डब्सले दिक्षीत विद्यार्थीलाई दिक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए । दिक्षान्त समारोहमा बोल्दै भाइस चान्सलर डब्सले विदेशी विश्वविद्यालयको कोर्ष अध्ययन गराएको इस्लिङटन कलेजले गरेको शैक्षिक प्रगतिको खुलेर प्रशंसा गरेका थिए । उनले नेपालमा प्रदान गरेको शिक्षा विश्वकै उत्कृष्ठ दर्जामा रहेको दाबी गरे ।
‘इस्लिङटन कलेजले विश्वविद्यालयले सोचेभन्दा प्रगति गरेको छ । विश्वको आवश्यकता सूचना प्रविधिमा आधारित शिक्षा हो । सूचना प्रविधि सहितको शिक्षा दिन कलेज सक्षम र सफल भएको छ,’ उनले दीक्षित विद्यार्थीलाई शुभकामना दिँदै भने, ‘तपाईंहरू लण्डन मेट्सका सफल विद्यार्थी हुनुभएकोमा बधाई छ । तपाईहरूको अबको यात्रा सुखमय रहोस् ।’
कार्यक्रममा बोल्दै आईएनजी ग्रुपका अध्यक्ष बुढाथोकीले अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिन सफल विद्यार्थीले सोही स्तरको प्रगति हासिल गरेको बताए । उनले नेपालमा हासिल गरेको शिक्षा नेपालमै प्रयोग गर्न विद्यार्थीलाई आग्रह गरे ।
‘थप शिक्षा हासिल गर्न विदेश जानुहोला तर उच्च शिक्षा पूरा गरेपछि नेपालमै फर्कनुहोला,’ उनले भने । इस्लिङटन कलेजमा अध्ययन पूरा गरेका विद्यार्थीले कुनै न कुनै सरकारी, गैरसरकारी र निजी क्षेत्रमा रोजगारी हासिल गर्न सफल भएको जानकारी गराउँदै इस्लिङटनले रोजगारीमा आधारित शिक्षा प्रदान गरिरहेको उल्लेख गरे ।

अन्य विश्वविद्यालयका कलेजको दाजोमा आईएनजी ग्रूपद्वारा सञ्चालित इस्लिङटन कलेज सुचना र प्रविधिमा आधारित कलेजले शिक्षाले विश्वमा सफलता हासिल गर्न सकेको दाबी गर्दै उनले भने, ‘अब नेपालमै विश्वस्तरको रोजगार सहितको शिक्षा हामीले दिनेछौं ।’ अध्ययनसँगै नयाँ काम खोज्न अमेरिका, अस्ट्रेलिया, जापान लगायत मुलुकमा भौतारिनुपर्ने अवस्थाको अन्त्य गरी अब नेपालमै सोही स्तरको शिक्षा पाउने स्तरको पठनपाठन गर्न कलेज सफल भएको उनको भनाई थियो ।
‘विद्यार्थीको लाइफ स्टाइललाई परिवर्तन गर्न र उत्कृष्ठ रोजगारी हासिल गर्न सूचना र प्रविधियुक्त शिक्षा उपलब्ध गर्न आईएनजी ग्रूपको कलेज सफल भएको छ,’ उनले भने, ‘पढाइको सिलसिलामा तपाईंहरूको यात्रा शुरू भएको छ । अब तपाईंहरूले पहिला आफूलाई सोच्नुस्, त्यसपछि परिवार, आफन्त, समाज देश र विश्वको लागि केही गर्नुस् ।’
अध्यक्ष बुढोथोकीले दिक्षान्त समारोहमा दिक्षीत विद्यार्थीको उज्वल भविष्यको शुभकामना दिए । सन् १९९६ मा इन्फोमेटिक्स त्यसपछि सन् २०१० मा इस्लिङटन कलेजको नामबाट स्थापित कलेजले बेलायत स्थित लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको बाट संबन्धन लिएको हो । हाल कलेजमा बिबिएमा कम्प्युटिङ, नेटवर्किङ एण्डआइटी सेक्युरिटी र मल्टीमिडिया टेक्नोलोजी विषयमा तीन वर्षिय कोर्ष अन्तर्गत सञ्चालन भइरहेको छ ।
व्यवस्थापन अन्तर्गत ४ वर्षीय बीबीएमा इन्टरनेसनल बिजनेस, फाइनान्स र मार्केटिङ रहेका छन् । तथ्यांक अनुसार इस्लिङटनमा अध्ययन गर्ने विद्यार्थीमध्ये ९८ दशमलव ६ प्रतिशतले रोजगार हासिल गरिरहेका छन् ।