×

NMB BANK
NIC ASIA

बाग्लुङमा निवारण भएन हात्तीपाइले

पुस २५, २०७६

NTC
Premier Steels

नेपालमा हात्तीपाइले रोग निवारणको अन्तिम तयारी भन्दै गत वर्ष हात्तीपाइलेविरुद्धको अभियान सञ्चालन गरिएपनि ६ महिनापछि सर्वेक्षण गर्दा पुनः संक्रमण भेटिएका कारण बागलुङमा हात्तीपाइले निवारण हुन सकेको छैन ।

Muktinath Bank

सर्वेक्षण गर्दा पुनः संक्रमण भेटिएका कारण जिल्लामा ११ औं पटक आगामी माघ २५ गतेदेखि हात्तीपाइले रोगविरुद्धको अभियान सञ्चालन गरिने स्वास्थ्य सेवा विभागका डा. प्रकाश शाहले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हात्तीपाइले रोगबाट बच्न लगातार ६ पटक हात्तीपाइले रोगविरुद्धको औषधि खानुपर्छ । लगातार ६ पटक औषधि खाएमा मात्र रोगको जोखिमबाट बच्न सकिने भएपनि हात्तीपाइले रोग निवारणका लागि बाग्लुङ जिल्लामा ११ औं पटक अभियान सञ्चालन गरिने भएको हो । 


Advertisment
Nabil box
Kumari

‘विश्व स्वास्थ्य संगठनले हरेक जिल्लामा हात्तीपाइलेको जीवाणु १ प्रतिशत कम हुनुपर्ने औंल्याएको छ,’ शाहले भने, ‘बाग्लुङमा १ प्रतिशतभन्दा कम ल्याउन अभियान चलाए पनि पूरा नभएपछि बाग्लुङमा फेरि अभियान सञ्चालन गरिएको हो ।’ १ प्रतिशतभन्दा कम भएमा जनस्वास्थ्य समस्याको रूपमा नलिने र निवारणको मान्यता दिने प्रचलन रहेकोमा त्यो हुन नसकेकाले बाग्लुङमा ११ औं पटक हात्तीपाइले अभियान सञ्चालन गर्नुपर्ने अवस्था आएको शाहको भनाइ रहेको छ । 

Vianet communication

बाग्लुङमा गत वर्ष हात्तीपाइलेको औषधि खुवाइएपछि ६ महिनामा नमूना सर्वेक्षणका क्रममा नारायणस्थानमा यसको संक्रमण भेटिएपछि पुनः अभियान थाल्नुपरेको हो । बिहीवार बाग्लुङमा आयोजित जिल्लाका स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य संयोजकसँगको हात्तीपाइलेसम्बन्धी योजना तथा समीक्षा गोष्ठीमा बाग्लुङमा ११ औं पटक हात्तीपाइलेविरुद्धको अभियान सञ्चालन गर्न थालेको जानकारी गराइएको थियो । 

अहिले ७७ जिल्लामध्ये १३ जिल्लामा औषधि खुवाएको ६ महिनापछि परीक्षण गर्दा जीवाणु भेटिएको थियो । ती जिल्लामा पुनः एकसाथ अभियान सञ्चालन गरिने डा. शाहले बताए । १३ जिल्लामध्ये गण्डकी प्रदेशमा बाग्लुङसहित पर्वत र लमजुङमा ११ औं पटक अभियान सञ्चालन गर्नुपर्ने भएको गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।

‘हात्तीपाइलेविरुद्धको औषधि सेवनमा नागरिक सचेत नहुनु र लगातार औषधि नखानु यसको कारण हो,’ गुरौले भने, ‘यसपटक स्वास्थ्यकर्मीकै निगरानीमा औषधि खुवाइने छ ।’

विश्वका धेरै देशमा अभियान सफल भएर हात्तीपाइले निवारण भइसकेपनि नेपालमा भने यो समस्याले केही सकस बनाएको छ । हात्तीपाइले आफूले मात्र औषधि खाएर जोखिमबाट पूर्णरूपमा बच्न सकिँदैन । अरु कसैलाई हात्तीपाइले छ र उसलाई टोकेको लामखुट्टेले टोकेमा पनि हात्तीपाइले हुन सक्ने स्वास्थ्यकर्मी बताउँछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x