प्रदेश लोकसेवा पदाधिकारीको नाम सिफारिस

मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा प्रदेश लोकसेवा आयोगका पदाधिकारीको नाम सिफारिस गर्न बनेको समितिले साेमबार तीन जनाको नाम सिफारिस गरेको छ।

प्रदेश लोकसेवा आयोगका लागि अध्यक्षमा नेपाल सरकारको पूर्वकृषि सचिव उत्तमकुमार भट्टराई रहेका छन् भने सदस्यमा मुख्यमन्त्री कार्यालयका पूर्वउपसचिव टीकादत्त राई र प्राध्यापक एवं साहित्यकार सजना दाहाललाई नियुक्त गर्न सिफारिस गरिएको छ।


Advertisement

प्रदेश लोकसेवा आयोगका लागि पदाधिकारीलाई बनेको समितिको सदस्य सभामुख र प्रतिपक्षी दलका नेता रहने व्यवस्था रहेको प्रदेश नं १ का प्रमुख सचिव सुरेश अधिकारीले जानकारी दिए।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्