२२ असार २०८३, सोमबार

‘सयको गुन तिरौंला हजारैले’ गीत सार्वजनिक

‘सयको गुन तिरौंला हजारैले’ गीत सार्वजनिक

चर्चित गीत बजारमा सार्वजनिक गरिसकेका सर्जक तथा गायक बसन्त थापाको लोकदोहोरी गीत ‘सयको गुन तिरौंला हजारैले’ बजारमा सार्वजनिक भएको छ ।

केही दिन अगाडि मात्र गीतको टिजर सार्वजनिक गरेका थापाले शुक्रवार गीतको फुल भिडियो सार्वजनिक गरेका हुन् । गीतमा बसन्त थापा र विष्णु माझीको आवाज रहेको छ ।

प्रह्लाद सुवेदीको शब्द टपक्क टिपेर गीतको लय बसन्त थापाले नै गरेका हुन् भने गीतको संगीत संयोजन आशिष अविरलले गरेका हुन् ।

पछिल्लो समयमा व्यापक चर्चा कमाउन सफल मोडल सुनिल क्षेत्री र मरिस्का पोखरेलको दमदार अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन सुनिल क्षेत्रीले नै गरेका हुन् भने भिडियोको कोरियोग्राफर दिपक एम सिंहले गरेका छन् ।

भिडियोको कथा बसन्त थापाले नै गरेका हुन् भने भिडियोको छायांकन नवराज उप्रेतीले गरेका छन् । अभ्यास डिजिटलमार्फत सार्वजनिक गरिएको भिडियोको पोस्ट प्रोडक्सन जनता डिजिटल एण्ड फिल्म्स्ले गरेको हो ।

भिडियोको छायांकन कालिञ्चोक आसपासमा गरिएको हो भने भिडियो सम्पादनमा अमृत चापागाईं रहेका छन् ।

पछिल्लो समयमा बसन्त थापाको ‘उही खोलीमा पानी’, ‘सालको पात’, ‘लोभी आँखा’, ‘बोकेझार’ जस्ता निकै चर्चित गीतहरू सबैको मन मुटुमा बस्न सफल भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्