×

NMB BANK
NIC ASIA

यामाहाको अभियान– 'एफआई चढौं कार्बोरेटर छोडौं’

माघ १५, २०७६

NTC
Premier Steels

यामाहा टू ह्वीलर्सको आधिकारिक वितरक मोरङ अटो वर्क्सले आफ्ना ग्राहकलाई मोटरसाइकलमा प्रयोग गरिने फ्यूल इन्जेक्टेड (एफआई) प्रविधि र कार्बोरेटरमा यसले दिने फाइदाका सम्बन्धमा जनचेतना अभिवृद्धि गर्न एक जानकारीमूलक आमप्रचार अभियान अर्को पुस्ता अभियानको थालनी गरेको छ ।

Muktinath Bank

आजको दिनमा फ्युल इन्जेक्टेड (एफआई) इन्जिन एक चिरपरिचित शब्द बनेको छ र धेरैजसो दुई पाँग्रे सवारी साधनहरुमा यो प्रविधि जडान गरिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो प्रविधि कार्बरेटरको स्वचालित संस्करण एवं अत्याधुनिक प्रविधि हो, जसले मोटरसाइकलमा जडान गरिएको यसको ८ सेन्सरहरु (क्र्यान्क अवस्था सेन्सर, कूल्यान्ट तापमापक सेन्सर, इन्टेक एयर प्रेसरसेन्सर, थ्रोटल अवस्था सेन्सर, ओटू सेन्सर, लीन एँगल सेन्सर र स्पीड सेन्सर) को मद्दतले काम गर्ने गर्दछ, जहाँ इ.सि.यु. मोनिटरहरुले डाटा प्राप्त गर्दछन् र सोही बमोजिम कारवाही प्रक्रिया शुरु गर्दछ ।


Advertisment
Nabil box
Kumari

अन्ततः मानव शरीरमा रहेका दिमाग र इन्द्रियहरु झैं मोटरसाइकललाई उत्कृष्ट प्रतिक्रिया प्रदान गर्छ । यद्यपि यामाहाले यो प्रविधिलाई एक दशकभन्दा अघि सन् २००८ को शुरुदेखि नै आफ्नो यामाहा आर १५ को पहिलो उत्पादनबाटै भित्राइसकेको हो र यो प्रविधि एफ जेड सिरिजहरु, आर–सिरिजहरु र हालसालैमात्र प्रस्तुत एमटि १५ मा समेत प्रयोग गरेर उत्कृष्ट प्रविधिको रुपमा प्रमाणित भैसकेको छ ।

Vianet communication

यामाहा एक त्यस्तो कम्पनी हो जसले सधैं नै आफ्ना उत्पादनहरुमा नवीनतम् प्रविधिहरुलाई प्रस्तुत गर्दै आएको छ । 

यामाहाको एक मुख्य ब्राण्ड मूल्य नवीनतम प्रविधिहरुको सेरोफेरोको परिक्रमा गर्नु पनि हो ।

भर्खरै, यामाहाले आफ्नो रोडिज स्क्वाडको साथमा नेपालको उच्च पहाडी भेगहरु र उबडखाबड मार्गहरु पार गरेर एक अमिट छाप छोड्न सफल भएको छ । रोडिज स्वाडहरुले आफ्नो यामाहा एफजेड चलाएर ९ दिनभित्र १३०० किमिको दूरी र ३८४० मिटर उचाईको यात्रा तय गरेका छन् । बाइक चालकहरुको चयन उनीहरुको मोटरसाइकलको पर्फरमेन्ससँग मेल खाने उनीहरुको शारीरिक क्षमताको आधारमा गरिएको थियो ।

एफआई प्रविधिको भएको कारण बाइक चिसोमा पनि स्टार्ट गर्न सजिलो भएको थियो भनें मौसम र उचाईमा आएको परिवर्तनले पनि बाइकमा कुनै प्रकारको असर पुगेको थिएन । त्यस्तो स्थान र अवस्थामा पनि मोटरसाइकलले कुनै ठाऊँमा धोका दिएको थिएन भनें आफ्नो लक्ष्यलाई बिना अवरोध पूरा गर्न सफल भएको थियो ।

“हाम्रो लक्षित वर्गहरु मोटरसाइकलमा उच्च सरोकार राख्ने र प्रविधिको हकमा अत्यधिक रुची राख्नेहरु हुनुहुन्छ, यो प्रविधिले कसरी फ्युल इन्जेक्टेड प्रणालीबाट इन्जिनलाई तीव्र वेग र सजिलो स्टार्ट गराउँछ कार्बरेटरभन्दा १४ प्रतिशत बढी माइलेज दिन्छ र कम लागतको मर्मतबाट लाभ दिन्छ भन्ने महत्वपूर्ण जानकारीका बारेमा थाहा पाउनु जरुरी छ,” बजार प्रमुख विक्रम पौडेलले भने ।

अर्को पुस्ता भनेको आउँदो समय हो तर हामी देख्न सक्छौं कि यामाहाले यसलाई आफ्नो प्रविधिका साथ पहिले नै जोडिसकेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x