×

फागुन २७, २०८०

म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर १ मा अवस्थित सुन्दर कुहूँ गाउँ । मगर समुदायको बाहुल्य रहेको यो गाउँ प्राकृतिक सुन्दरता र अर्गानिक उत्पादनका लागि प्रख्यात छ । तस्वीरः ध्रुवसागर शर्मा/रासस

फागुन २६, २०८०

सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालयको २२औं स्थापना दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा लोक नृत्य झिझियाँ प्रस्तुत गर्दै सशस्त्र प्रहरी बलका कर्मचारी। तस्बिर: रासस

फागुन २६, २०८०

शुक्रवार सूर्यस्तको बेला कालापत्थरबाट आमनेसामने देखिएको सगरमाथा । अस्ताउँदो सूर्यको बेला सुनौलो सगरमाथाको दृश्य । तस्वीर : सुवास दर्नाल/रासस

फागुन २६, २०८०

लालझाडी– ४ स्थित दोदा नदीमा जाल हानेर माछा मार्न जाल हान्दै राना थारू समुदायका व्यक्ति । तस्वीर : राजेन्द्रप्रसाद पनेरू/रासस

फागुन २६, २०८०

तनहुँको व्यास नगरपालिका–१० देवीडाँडामा रहेको गोहीको मुख आकारको ढुङ्गा । गोहीको मुख आकारको ढुङ्गाले आन्तरिक पर्यटकलाई आकर्षित गरेको छ । तस्वीर : कृष्ण न्यौपाने/रासस

फागुन २६, २०८०

म्याग्दीको बेनी गरपालिका–९ स्थित गलेश्वर मन्दिरमा महाशिवरात्रि पर्वमा दर्शन र पूजाका लागि आएका भक्तजनले चढाएको भेटी शनिवार बिहान गनिँदै । गलेश्वरमा यस वर्षको महाशिवरात्रि पर्वमा २५ हजार जनाले दर्शन र ...

फागुन २५, २०८०

नेपाली सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा शुक्रवार विशेष समारोहबीच युद्धकला, शिवरात्री परेड, तोप बढाइँ, कवाज र आतसबाजी प्रदर्शन गरिएको छ । अवसरमा राष्ट्रपति रामचन्द पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव...

फागुन २५, २०८०

नेपाली सेनाद्वारा शुक्रवार आयोजित महाशिवरात्रि तथा २६१औं सेना दिवस २०८० को अवसरमा टुँडिखेलमा मार्चपास गर्दै नेपाली सेनाका टुकडी । तस्वीर : रत्न श्रेष्ठ/रासस

फागुन २५, २०८०

दाङको घोराही उपमहानगरपालिका–५ स्थित पाण्डवेश्वर महादेव मन्दिर धारापानी परिसरमा रहेको विश्वको ठूलो भनिएको त्रिशूल । जनस्तरबाट बनाइएको पञ्च धातुबाट निर्मित त्रिशूल सात हजार ७१८ किलो तौल र ५५.५ फिट अग्लो र...

फागुन २४, २०८०

रुकुम कृषि,व्यापार तथा सांस्कृतिक महोत्सवमा बिहिबार अभिनेता पल शाहको प्रस्तुती हेर्न आएका स्थानीयहरुको भीड । तस्बिरः रासस

फागुन २४, २०८०

शिवरात्रीका लागि सजाईएको पशुपतिनाथ मन्दिर क्षेत्र । तस्बिरः रासस

फागुन २४, २०८०

दाङको घोराही उपमहानगरपालिका–१४ स्थित बालमन्दिर चोकबाट बिहीबार बिहान देखिएको द्वादशीको चन्द्रमा । तस्बिर-रासस

फागुन २३, २०८०

महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा नागा बाबाहरू आउन थालेका छन् । छिमेकी देश भारतसहित अन्य मुलुकबाट पशुपतिनाथमा साधुसन्तहरू आउने गरेका छन् । यही फागुन २५ गते शुक्रवार परेको महाशिवरात्र...

फागुन २३, २०८०

बालुवाटारमा प्रदर्शन गर्न पुगेका मिटर ब्याजपीडितहरू पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई बुधवार साँझ बालुवाटारस्थित प्रधानमन्त्री निवासको ३ नम्बर गेटबाट पक्राउ गरेको हो ।​​ मिटर ब्याज साहुल...

फागुन २३, २०८०

दाङको घोराही उपमहानगरपालिका–१५ स्थित ॐ शिरडी साई मन्दिर परिसरमा रहेको कछुवा । कछुवा पानी र जमिन दुवै ठाउँंमा बस्न सक्ने जीव हो । तस्वीर : कुलदीप न्यौपाने/रासस

फागुन २२, २०८०

कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ ल्वाङ घलेलबाट मङ्गलवार देखिएको माछापुच्छ्रे हिमाल । तस्वीर : राधिका कँडेल/रासस

फागुन २२, २०८०

बागलुङको बागलुङ नगरपालिका–४ उपल्लाचौरको गौरीधामबाट पर्वत जिल्लाको जलजला गाउँपालिका–८ ओडारे जोड्ने गरी सात करोड रुपैयाँको लागतमा कालीगण्डकी नदीमा निर्माण सम्पन्न भएको ५२३ मिटर लामो झोलुङ्गे पुल ।...

फागुन २२, २०८०

दाङको घोराही उपमहानगरपालिका - १३ स्थित डुम्मरगाउँका बिरजङ बुढा र घोराही - १४ का रविना पुनको भागी विवाहपछि मङ्गलवार बेहुला बेहुलीलाई अगाडि लगाएर डोकामा कोसेली बोकेर परम्परागत रीतिरिवाजले माइती पक्षमा भित्...