पुस २७, २०८०
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
काठमाडाैं | बैशाख २५, २०८१
न्युयोर्क–संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सोमबार कडा चेतावनी जारी गर्दै रफाहको भूमि आक्रमण ‘असहनीय’ हुने बताएका छन् । उनले यसको विनाशकारी मानवीय परिणाम तथा यस क्षेत्रमा सम्भावित अस्थिर प्रभाव हुने बताउनुभएको सिएनएनले बताएको छ ।
‘रफाहमा स्थलगत आक्रमणले विनाशकारी मानवीय परिणाम र यसको अस्थिर प्रभाव असहनीय हुनेछ,’ उनले भने, ‘मैले इजराइली सरकार र हमासको नेतृत्वलाई युद्धविराम सम्झौतामा पुग्नका लागि अतिरिक्त प्रयास गर्न कडा अपिल गरेको छु, यो यस्तो अवसर हो जसलाई छाड्न सकिँदैन ।’
प्यालेस्टिनी सिभिल डिफेन्सका अनुसार मङ्गलबार बिहान रफाहमा धेरैवटा हवाई आक्रमणका कारण तनाव बढ्दा मानसिहरू हताहतमा परेका छन् भने कयौँ घाइते भएका छन् ।
‘सिभिल डिफेन्स टोलीहरूले दक्षिणी गाजा पट्टीको रफाह प्रान्तका विभिन्न स्थानमा सोमबार राति इजराइली लडाकु विमानहरूले बम प्रहार गरेका धेरै घरहरूको भग्नावशेषमुनिबाट धेरै सहिद र घाइतेलाई निकाल्न सफल भएका छन्,’ प्यालेस्टिनी डिफेन्सको विज्ञप्तिमा भनिएको छ ।
सिभिल डिफेन्सले जारी गरेको तस्बिरहरूले बमबारी भएका घरहरूको भग्नावशेषमुनि हताहत भएका धेरैलाई फेला पारेको विज्ञप्तिमा उल्लेख छ । मङ्गलबार बिहान जारी एक फेसबुक पोस्टका अनुसार रफाहको कुवेत अस्पतालमा ११ जनाको मृत्यु भएको बताइएको छ ।
बढ्दो हवाई आक्रमणका बीच इजराइली प्रधानमन्त्रीको कार्यालयले सोमबार ‘हमासमाथि सैन्य दबाब दिन’ रफाहमा सैन्य कारबाही जारी राख्ने पुष्टि गरेको छ । इजराइली रक्षा बल (आईडीएफ)ले पूर्वी रफाहमा हमासका आतङ्कवादी लक्ष्यहरू विरुद्ध जारी लक्षित आक्रमणहरू गरेको बताएको छ ।
सिभिल डिफेन्सका अनुसार आइतबारदेखि सोमबारसम्म रातभर भएको घातक बमबारीपछि कम्तीमा २६ जनाको ज्यान गएको थियो ।
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन । शुक्रबार ...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...
आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...