कात्तिक २१, २०८०
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
काठमाडाैं | जेठ १४, २०८१
अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा सहभागिता जनाउन नपाएका क्रिकेटर सन्दीपले लामिछानेले आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएको बताएका छन् ।
अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि खेल्न जान नपाएका सन्दीपले सामाजिक सञ्जालमा यस्तो लेखेका हुन् ।
‘इमान्दारीपूर्वक भन्नुपर्दा मेरो सपना पूरा नभए पनि म के कुरामा खुशी छु भने मेरो देशको सपना पूरा भएको छ’, सन्दीपले सामाजिक सञ्जालमा लेखेका छन् ।
बलात्कार मुद्दामा पाटन उच्च अदालतबाट सन्दीपले सफाइ पाएका थिए ।
तर उनलाई नेपालस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको हो । सन्दीपलाई किन भिसा नदिइएको भनेर दूतावासले केही खुलाएको छैन । नेपालले दाेस्राेपटक क्रिकेट विश्वकप खेल्न लागेको हो ।
नेपालले टी–२० विश्वकपमा छनोट हुँदा यूएईलाई पराजित गरेको समयको आफ्नो फोटो शेयर गर्दै सन्दीपले यस्तो लेखेका हुन् ।
नेपाल विश्वकपमा छानिँदा सन्दीपले ४ ओभरमा १ मेडन राखेर १४ रनमात्रै दिँदा दुई विकेट लिएका थिए ।
टी–२० विश्वकप १ देखि २९ जुनसम्म चल्नेछ । जहाँ २० वटा देशले भाग लिँदैछन् ।
समूह डीमा रहेको नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्ससँग खेल्नेछ ।
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न जानका लागि भिसा (प्रवेशाज्ञा) दिन माग गर्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । अमेरिकाले भिसा नदिएको भन्दै उनका समर्थक बुधवार आन्दोलनमा उत्रिएक...
खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ । साहसिक खेल ‘रक क्...
क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन दबाबका लागि महाराजगञ्जस्थित अमेरिकी राजदूतावास घेर्न गएका युवा बालुवाटारमै धर्नामा बसेका छन् । दूतावासतिर जानबाट प्रहरीले रोकेपछि उनीहरू प्रधानमन्त्रीनिवास बाहिरै ध...
भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् । ...
इण्डियन प्रिमियर लिग (आइपीएल)को दोस्रो क्वालिफायरको खेल आज हुँदै छ । चेन्नईमा राति ७: ४५ बजेदेखि शुरू हुने दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स भिड्दै छन् । राजस्थान इलिमिनेटरमा रोय...
कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...
अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...