
अमेरिकरी राष्ट्रपछि डोनाल्ड ट्रम्पले इरानलाई ३०० अर्ब डलर ऋण दिने समाचार नक्कली समाचार भएको बताएका छन् ।
इरानलाई ३०० अर्ब डलर ऋण दिने रिपोर्टलाई उनले खारेज गरे । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले लेखे, 'अमेरिकाले इरानलाई ३०० अर्ब डलर भुक्तानी गरिरहेको छैन । यो नक्कली समाचार हो । अमेरिकाले सफलता, कम तेलको मूल्य र विजय मात्र देखेको छ ।'
उनले विपक्षी डेमोक्र्याटिक पार्टीलाई निशाना बनाए, यसलाई डेमोक्र्याटिक प्रचार पनि भने।