×

NMB BANK
NIC ASIA

ऊर्जा मन्त्रीलाई प्रश्न : विद्यालयले कसरी पाउँछ विद्युत् मिटर ?

पुस २८, २०७५

NTC
Premier Steels

काठमाडौं – ‘माननीय मन्त्री ज्यू, विद्यालयमा कम्प्युटर क्षिक्षाका लागि विद्युत् लाइन जोड्न खोजेको तर सार्वजनिक जग्गामा भवन भएकाले हामीसँग लालपुर्जा छैन । सोही कारण हामीले विद्युत् मिटर राख्न पाएका छैनौं । हामीले विद्युत् मिटर नपाएकै कारण विद्यार्थीलाई कम्प्युटर पढाउन नपाउने हो त ?’ यो भनाइ हो काभ्रे जनजागृति माविका शिक्षक ठाकुरप्रसाद उप्रेतीको । 

Muktinath Bank

शिक्षक उप्रेती त्यतिमा मात्रै रोकिएनन् । उनले भने, ‘मिटर जडान गर्न नेपाल विद्युत् प्राधिकरणको काभ्रेपलाञ्चोक वितरण केन्द्रले १० हजार रुपैयाँ धरौटी राख्न भनेको छ । हामीले कसरी मिटर लिने होला ?’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अभिभावकले विद्यालयमा कम्प्युटर पढाइ गर्न लामो समयदेखि माग गर्दै आएको भएपनि मिटर नपाउँदा विद्युत् लाइन जोड्न पाइएन, शिक्षक उप्रेतीले थप गुनासो गरे । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले हरेक साताको शुक्रबार १२ बजेदेखि १३ बजेसम्म १ घण्टा ११५१ नम्बरको पैसा नलाग्ने फोनमा ग्राहकका गुनासो सम्बोधन गर्ने पहल गर्नुहुन्छ भन्ने सुनेकाले आफूले फोन गरेको उप्रेतीको भनाइ थियो । 


Advertisment
Nabil box
Kumari

शिक्षक उप्रेतीको भनाइ ध्यानपूर्वक सुनिरहनुभएका मन्त्री पुनले भने, ‘तपाईंको समस्या समाधान हुन्छ । लालपुर्जा नभएकालाई समेत विद्युत् मिटर दिने प्रक्रिया शुरू भइसकेको छ । तपाईं प्राधिकरणको काभ्रेपलाञ्चोक वितरण केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ ।’

Vianet communication

शिक्षक उप्रेतीसँगको वार्तासँगै मन्त्री पुनका सहयोगीले प्राधिकरणको काभ्रेपलाञ्चोक वितरण केन्द्रका प्रमुखलाई फोन लगाए । मन्त्री पुनले काभ्रे वितरण केन्द्रका प्रमुखलाई जनजागृति माविको समस्या समाधान गर्न निर्देशन दिए । शुक्रबार मन्त्री पुनले विभिन्न क्षेत्रका ९ नागरिकसँग संवाद गरे । उनले उनीहरूका गुनासा ध्यानपूर्वक सुने र सकेसम्म समाधान गर्ने प्रयास पनि गरे ।

दोलखा बिगु गाउँपालिका–८ का सञ्जीव ओलीले ४ महिना पहिले लाइन विस्तार गरिएको भएपनि करीब ३ सय मिटर तार नहुँदा विद्युतीकरण गर्न समस्या भएको गुनासो गरे । ओलीले प्राधिकरणको दोलखा वितरण केन्द्रले आफूहरूको माग सम्बोधन नगरेको गुनासो मन्त्रीलाई सुनाए । मन्त्री पुनले तत्कालै दोलखा वितरण केन्द्रका प्रमुखलाई समस्या समाधान गरिदिन निर्देशन दिए ।

मन्त्री पुनलाई गुनासो सुनाउनेमा बुटवल उपमहानगरपालिकका घनश्याम कँडेल हुन् । उनले पानी जडानका लागि विद्युत् उपलब्ध गराइदिन माग गरे । मकवानपुर भीमफेदीका राजकुमार पुडासैनीले काठको पोल विस्थापनका लागि प्राधिकरणले पटक–पटक स्थलगत निरीक्षक गरेको भएपनि १ सय ४५ पोल फेर्नुपर्ने भएकाले काम रोकिएको गुनासो गरे । 

थापाथलीको सुकुम्वासी बस्तीबाट बलबहादुर खत्रीले फोन गरेर अस्थायी मिटर जडान गरेका कारण प्रतियुनिट २० रुपैयाँका दरले महसुल तिर्नुपरेको भन्दै स्थायी मिटरको प्रबन्ध गरिदिन आग्रह गरे । उनले लालपुर्जा नभएका व्यक्तिलाई समेत मिटर उपलब्ध गराउने सुने पनि प्राधिकरणले अस्थायी मिटर दिएर बढी शुल्क लिएको भन्दै समस्या समाधान गरिदिन मन्त्री पुनलाई अनुरोध गरे । 

दोलखा भीमेश्वरका नवराज कार्कीले तामाकोशी काठमाडौं प्रसारण लाइनको टावर सकेसम्म सार्वजनिक जग्गाबाट लैजानुपर्ने बताए । खोटाङका प्रेम गुरुङको माग भने फरक थियो । उनले विद्युत् महसुल मिनाहा गरिदिनुपर्नेमा जोड दिए ।

साँखुका सत्यनारायण तिवारीले फर्निचर व्यवसायका लागि थ्री फेज विद्युत् लाइन उपलब्ध गराइदिन अनुरोध गरे । फर्निचर व्यवसाय गरेर स्वदेशमा नै रहने थिए तर थ्री फेज लाइन नभएका कारण समस्या भएको छ, उनको भनाइ थियो । बारा विश्रामपुरका अमिरलाल पालले पनि विद्युत् वितरण सहज बनाउनुपर्नेमा जोड दिए ।

मन्त्री पुनले नागरिकका समस्या सम्बोधन गर्न हरेक शुक्रवार नियमित रुपमा एक घण्टा संवाद गर्दै आएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मातहतका निकायमा भइरहेको काम कारवाहीबारे नागरिकले कस्तो प्रतिक्रिया दिएका छन् भन्ने थाहा पाउन पनि हटलाइन प्रभावकारी भएको मन्त्री पुनको भनाइ छ । 

सकेसम्म नागरिकको गुनासा सम्बोधन गर्ने प्रयास गरिएको छ । महत्त्वपूर्ण कार्यक्रममा व्यस्त हुनुपर्दा वा देशका विभिन्न स्थानमा जाँदाबाहेक हटलाइनमा नागरिकका गुनासा सुन्ने कार्यलाई निरन्तर अगाडि बढाएको बताउँदै मन्त्री पुनले भने, ‘नागरिकले असाध्यै राम्रो प्रतिक्रिया दिनुभएको छ । यसबाट मन्त्रालय र मातहतका निकायमा भएका काम कारवाहीको बारेमा समेत जान्ने अवसर मिलेको छ ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x