×

NMB BANK
NIC ASIA

शेयर बजारमा ओरालो, दश अङ्कले घट्यो नेप्से

असार ८, २०७६

NTC
Premier Steels

काठमाडौं – लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा आज कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । आज नेप्से १० दशमलव ०१ अङ्कले घटेर एक हजार २५४ दशमलव ३५ बिन्दुमा ओर्लिएको छ । 

Muktinath Bank

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ०१ अङ्कले घटी २६९ दशमलव ६० बिन्दुमा पुगेको छ । नेप्से परिसूचक ओरालो लागेसँगै कारोवार रकमसमेत घटेको छ । कूल १७२ कम्पनीको १५ लाख ७५ हजार ३४० कित्ता शेयर रु ४८ करोड १८ लाख ५९ हजार कित्ता शेयर खरीद–बिक्री भए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये तीन उप–समूहको शेयर वृद्धि भएको छ भने आठ उप–समूहको शेयर घटेको छ । विकास बैंक १ दशमलव ५१, वित्त शून्य दशमलव ०४ र सामूहिक लगानी कोष शून्य दशमलव ०३ अङ्कले बढेको छ । यस्तै बैंकिङ ६ दशमलव ९२, होटल १४ दशमलव ६८, जलविद्युत् १३ दशमलव ३३, जीवन बीमा ८५ दशमलव २७, उत्पादन २९ दशमलव १, अन्य ७ दशमलव ९६, लघुवित्त १५ दशमलव ०५ र जीवन बीमा ७३ दशमलव  ८८ अङ्कले घटेको छ । 


Advertisment
Nabil box
Kumari

स्टकका अनुसार आज कारोवारका आधारमा लक्ष्मी बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु चार करोड १० लाख एक हजार ३७५ मूल्यमा शेयर खरीद बिक्री भए । यस्तै डिप्रोक्स लघुवित्त वित्तीय संस्था रु दुई करोड ३२ लाख ७७ हजार, चिलिमे जलविद्युत् कम्पनी रु दुई करोड २८ लाख ६३ हजार, सिभिल बैंकको संस्थापक शेयर रु दुई करोड २३ लाख ८५ हजार, नेपाल बैंक रु दुई करोड २३ लाख ३७ हजार र नेपाल इन्भेस्टमेण्ट बैंकको संस्थापक शेयर रु एक करोड ९७ लाख १० हजार बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ । 

Vianet communication

घटेको बजारमा गुराँस लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९ दशमलव ९३ प्रतिशतले कमाए । त्यस्तै गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ९ दशमलव ८२, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ८ दशमलव ५९, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ४ दशमलव ९८, मितेरी डेभलपमेण्ट बैंक २ दशमलव ७८ र सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १ दशमलव ९७ प्रतिशतले कमाए । 

स्टकका अनुसार स्वदेशी लघुवित्त वित्तीय संस्था ६ दशमलव ५५, शिखर इन्सुरेन्स कम्पनी ६ दशमलव ४५, सिभिल बैंक लिमिटेडको संस्थापक शेयर ५ दशमलव १२, नयाँ नेपाल लघुवित्त विकास बैंक ५ प्रतिशत  र पाँचथर पावर कम्पनीका शेयरधनीले ४ दशमलव ७९ प्रतिशतले गुमाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

बैशाख ४, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ दशमलव ८१ अङ्कले ओरालो लागेर १ हजार ९ सय ९१ दशमलव ७१ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक दुई दशमलव २६ अङ्कले ओरालो लागेर तीन ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x