×

NMB BANK
NIC ASIA

कानूनले बर्जित गरेको बालविवाह गाउँघरमा कायमै

असार ११, २०७६

NTC
Premier Steels

भजनी – अछाम जिल्लाको रामारोशन गाउँपालिकामा व्याप्त रहेको बालविवाह न्यूनीकरण चुनौतीका रुपमा देखिएको छ । 

Muktinath Bank

बालविवाह न्यूनीकरणका लागि सरकारी तथा अन्य गैरसरकारी संघसंस्थाले गाउँ र टोल केन्द्रित कार्यक्रम सञ्चालन गरिरहेको भएपनि ती सबै कार्यक्रम बालुवामा पानी हालेजस्तै भइरहेको स्थानीय बताउँछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गाउँपालिकाको अन्य वडाभन्दा वडा नम्बर ४ र ५ मा अन्य वडाभन्दा बढी संख्या बालविवाह हुने गरेको पाइन्छ । वडामा करीब ७०/८० प्रतिशत बालबलिका विद्यालय जाने उमेरमै अर्थात् १६/१७ वर्षको उमेरभन्दा कम उमेरमै विवाह गर्दछन् ।


Advertisment
Nabil box
Kumari

विद्यालयमा अध्ययन गर्दागर्दै बालबालिका विवाह बन्धनमा बाँधिन्छ । परिपक्व नहुँुदै आमा बन्छन् किशोरीहरू । त्यति मात्र नभई विद्यालयबाट वञ्चित हुनाका साथै रोजगारीको सिलसिलामा भारत पुग्ने क्रम पनि बढ्दो छ । 

Vianet communication

‘गाउँपालिकामा बाल क्लब छ । विद्यालयमा तथा गाउँ र टोलमा कार्यक्रमहरु सञ्चालन भइरहेकै छ,’ रामारोशन गाउँपालिकाकी उपाध्यक्ष सरस्वती रावलले भन्छिन्, ‘बाल क्लबमै लागेका बालबालिका पनि कम उमेरमै विवाह गर्छन् । सामाजिक अभियन्ताका छोराछोरी नै बालविवाह गर्छन् ।’

गाउँमा सडक सञ्जाल जोडिएपनि सडकको अवस्था नाजुक छ । राम्रो अस्पताल नहुँदा कोही बिरामी भएपनि ४/५ घण्टाको यात्रापछि जिल्लाको नमूना अस्पताल बयलपाटा अस्पताल पुग्नुपर्ने बाध्यता छ ।

गाउँपालिकासँग एम्बुलेन्स भएपनि सडक सञ्जालको समस्याका कारण एम्बुलेन्स सबै वडा कार्यालयसम्म पुग्न सकेको छैन ।

अशिक्षाको कमी, रूढीवादी सोच, जनचेतनाको कमी, मोबाइल फोन तथा सामाजिक सञ्जालको दुरुपयोग र देखासिकीका कारण पनि बालविवाह न्यूनीकरणको साटो झन् बढ्दै गएको पाइन्छ । गाउँपालिकाका अध्यक्ष झंकरबहादुर साउँद पनि गाउँपालिकामा बालविवाह न्यूनीकरण गर्नु गाउँपालिकाकै लागि चुनौती रहेको बताउँछन् । बाल क्लबका पदाधिकारी नै बालविवाह गर्छन् । अरूलाई सम्झाउने बालबालिकाहरू नै बालविवाह गर्छन् । 

बालबालिका विवाह गरेर गाउँबाट भारत भाग्नेसमेत गरेका छन् । ३/४ जोडीलाई कैलाली भन्सार कार्यालय र कञ्चनपुर गड्डाचौकी सीमा नाकाबाट बालबालिकाको उद्धार गरी गाउँपालिकाको रोहवरमा परिवारलाई बुझाएको अध्यक्ष साउँद बताउँछन् ।

‘गाउँपालिकाको मुख्य समस्या घरेलु मदिरा नियन्त्रण, छाउपडी प्रथा उन्मूलन र बालविवाह न्यूनीकरण नै हो,’ अध्यक्ष साउँदले भने, ‘हामी छाउपडी प्रथा उन्मूलन अभियान र घरेलु मदिरा नियन्त्रण अभियानमा गाउँपालिका सफल हुने देखिन्छ ।’

गाउँपालिकाका अन्य वडामा पनि बालविवाह व्याप्त छ । अशिक्षाका कारण बालविवाह बढ्दै गएको सामाजिक अगुवा बताउँछन् । विशेषगरी गाउँपालिकाभित्र दलित समुदायका बालबालिकाहरु बढी बालविवाह गर्ने गरेको तथ्यांक गाउँपालिकाले निकालेको छ । अन्य समुदाय पनि बालविवाहलाई नै प्रश्रय दिइरहेको गाउँपालिकाका उपाध्यक्ष रावल बताउँछिन्, हिजोका दिनमा धर्म, संस्कारको नाममा बालविवाह हुने गरेका थिए । 

उपाध्यक्ष रावलले भनिन्, ‘अहिले सामाजिक सञ्जाल र देखासिकीका कारण बालविवाह हुने गरेका छन् ।’ गाउँपालिकाको न्यायिक समितिमा भने हालसम्म बालविवाहका २ वटा मात्र उजुरी परेको बताउँदै न्यायिक समितिका संयोजक एवम् उपाध्यक्ष रावलले दुवै जोडीलाई छुटाएर २० वर्ष नपुगुञ्जलेसम्म सँगै बस्न नदिने शर्तमा परिवारको जिम्मा लगाएको बताइन् ।

उपाध्यक्ष रावलले गाउँपालिकाले बालविवाह गर्ने परिवारलाई गाउँपालिकाबाट दिने सेवासुविधाबाट समेत वञ्चित गर्नुपर्ने अवस्था आइसकेको बताइन् । आगामी आर्थिक वर्षमा गाउँपालिकाले बालविवाह न्यूनीकरणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x