बाराका हावाहुरी पीडितलाई एनआईसी एशियाको सहयोग

असार १८, २०७६

काठमाडौं- सामाजिक उत्तरदायित्वअन्तर्गत बाराको फेटा गाउँपालिकाका पुरनियाँ, बलही, बबुलियालगायतगाउँका हावाहुरी पीडित समुदायका लागि अत्यावश्यक राहत सामग्री सहयोग गरेको छ ।

बैंकले ३ सय थान झुल, १ सय ५० थान म्याट्रेस, लगायत खाद्यान्न तथाअत्यावश्यक सामग्रीहरू प्रदान गरेको हो । 


ADVERTISEMENT

उक्त अत्यावश्यक राहत सामग्री सोहीगाउँपालिकाका अघ्यक्ष अमिरीलाल प्रसादलाई बैंक सञ्चालक समितिका सदस्य विनोदकुमार प्याकुरेलले मिति २०७५ चैत २० गते एक कार्यक्रमका बीच हस्तान्तरण गरे ।

सो अवसरमा सञ्चालक प्याकुरेलले उक्त सहयोगले हुरीबतासबाट पीडित गाउँका सर्वसाधारणहरूलाई केही मात्रामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखा कार्यालयहरू, २८९ एटीएम, ३९ वटा एक्सटेन्सन काउन्टर एवं २३ वटा शाखारहित बैंकिङ ईकाइ मार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकका करीब १६ लाख ग्राहक छन् । 

असार १८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस