×

NMB BANK
NIC ASIA

काठमाडौं – काभ्रेको रोशी गाउँपालिका–७ का वडा अध्यक्ष पोष्टराज गौतम १ अर्ब ८ करोड रुपैयाँको भुक्तानी पाउँ भन्ने पत्रसहित गृह मन्त्रालय आए ।

Muktinath Bank

गौतम त्यो पत्र लिएर आएपछि गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी अचम्ममा परे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गृह मन्त्रालयको ‘लेटरप्याड’ र छाप तथा प्रवक्ता सुवेदीकै हस्ताक्षरसहित कीर्ते गरेको पत्र लिएर आएका थिए वडा अध्यक्ष गौतम । आफूले नगरेको हस्ताक्षरमा आफ्नै नाम देखेपछि प्रवक्ताले कीर्ते कागजतबारे थाहा पाए ।


Advertisment
Nabil box
Kumari

तत्कालै उनले महानगरीय प्रहरी वृत्त सिंहदरबारलाई खबर गरे । प्रहरी आएपछि कीर्ते धन्दा गरेर करोडौं रकम कुम्ल्याउन खोज्ने दम्पतीको पर्दाफास भयो । 

Vianet communication

सरकारी कागजात नक्कली गरेर सिंहदरबारबाटै पैसा फुत्काउन खोज्ने दम्पतीको आँट देखेर प्रहरी समेत चकित भयो । ‘सरकारबाट पाइने आफ्नो पैसा सिधै आफूलाई नदिने वडाध्यक्षमार्फत आउनुपर्ने भन्दै लक्ष्मी अधिकारी र उनका श्रीमान् राजनकुमार थापाले कागज दिएका रहेछन्,’ महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) कौशलकुमार बुढाथोकीले लोकान्तरलाई भने, ‘लक्ष्मी दम्पतीले नेपाल राष्ट्र बैक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नबिल बैकको कीर्ते कागज बनाएका रहेछन् ।’

वडाध्यक्ष गौतमलाई समेत झुक्याइएको देखिएपछि उनलाई कुनै कारवाही गरिएन । लक्ष्मीका बुवा भोलाप्रसाद अधिकारीको विदेश बहराइनमा मृत्यु भएको र बुवाको क्षतिपूर्ति बापतको १ अर्ब ८ करोड रुपैयाँ क्षतिपूर्ति पाउँ भन्ने लक्ष्मी दम्पतीले कागज कीर्ते बनाएका थिए । तर भोलाप्रसादको मृत्यु नभएको प्रहरीले जनाएको छ ।

लक्ष्मी दम्पती बाराको निजगढका सामान्य परिवारका व्यक्ति हुन् । लक्ष्मीका बुवा भोलाप्रसाद अधिकारी बारामै रहेको खुल्न आएको डीएसपी बुढाथोकीले बताए । ‘कीर्ते गरेर सरकारी निकायलाई ठग्न खोजेको देखिँदैछ । ती कागजात देखाएर अन्य व्यक्तिबाट विभिन्न बहानामा पैसा ठगी गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ डीएसपी बुढाथोकीले भने ।

रोशी गाउँपालिकास्थित लक्ष्मी दम्पती बस्ने घरका धनी दामोदर गौतमका छोरा र अन्य मानिसबाट कीर्ते कागजात देखाएर ठगी गरिएको प्रहरीले जनाएको छ । प्रहरी वृत्त सिंहदरबारको टोलीले बनेपा पुगेर गरेको अनुसन्धानबाट लक्ष्मी दम्पतीले २५ लाख रुपैयाँ ठगी गरेको देखिएको प्रहरीले जनाएको छ ।

‘अनुसन्धानको क्रममा उनीहरूको अन्य व्यक्तिसँग सम्बन्ध रहेको देखिँदैन । मोबाइलको कल डिटेल र अन्य सम्बन्ध पनि हेर्‍यौं,’ सिंहदबार वृत्तका डीएसपी कौशलकुमार बुढाथोकीले लोकान्तरलाई भने ।

नेपाल राष्ट्र बैंकको पनि ५ करोडको कीर्ते

लक्ष्मी दम्पतीले नेपाल राष्ट्र बैंकको पनि कराडौं कीर्ते गरेको खुलेको छ । बुवा भोला अधिकारीले पठाएको रकम उनकी छोरी लक्ष्मी अधिकारी बुझ्न आउने भन्ने पत्र बनाएर ५ करोड ८४ लाख रुपैयाँ ठगीको लागि कीर्ते गरेको पाइएको प्रहरीले जनाएको छ ।

लक्ष्मी दम्पतीले दामोदर गौतमको नाममा आएको ३ करोड २४ लाख २१ हजार ४ सय, भरतकुमार ढुंगानाको नाममा आएको ६५ लाख ७८ हजार रुपैयाँ, सिंहबहादुर थापाको नाममा आएको १९ लाख ६ सय र दामोदरप्रसाद गौतमको नाममा आएको १ करोड ७५ लाख रुपैयाँ चेक बुझ्न २०७५ पुस २४ गते ११ बजे नेपाल राष्ट्र बैंकमा आउन बैक म्यानेजरको कीर्ते गरेको खुलेको हो । वास्तविक पैसा कतैबाट पनि आएको थिएन, पैसा आउने कीर्ते कागज देखाएर ठगी गर्ने गरेको देखिएको जनाइएको छ ।

राष्ट्र बैंकका अधिकारीको कीर्ते हस्ताक्षर सहितको पत्र

अख्तियारलाई पनि छोडेनन्

‘जग्गा फुकुवा गरिदिन हुन’ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पनि कीर्ते गरेको खुलेको छ । अख्तियारकी सचिव राधिका अधिकारीको कीर्ते गरी देशैभर लक्ष्मी अधिकारीका नाममा भएको सम्पत्ति फुकुवा भएको कीर्ते गरिएको बरामद गरिएका कागजमा भेटिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताए ।

अख्तियारको पत्र भनेर तयार पारी गरिएको कीर्ते हस्ताक्षर

गृह प्रवक्ताको कीर्ते 

अभियुक्त लक्ष्मी दम्पतीले गृह मन्त्रालयको ‘लेटरप्याड’ र छाप बनाइ गृह प्रवक्ता रामकृष्ण सुवेदीको हस्ताक्षर कीर्ते गरेको महानगरीय परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले बताए । ‘गृहको लेटरप्याड र स्ट्याम्प लगायत अन्य बैंकको पनि कीर्ते कागजात बनाएका रहेछन्,’ एसएसपी सुवेदीले भने ।

गृह मन्त्रालयको वेबसाइडमा भएको प्रेस विज्ञप्तिमा प्रयोग भएको ‘लेटरप्याड’ र हस्ताक्षरलाई हेरेर कीर्ते गरेको गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले लोकान्तरलाई बताए ।

‘गृहले बेलाबेलामा निकालेका प्रेस रिलिजलाई हेरी कीर्ते गरेका रहेछन् तर प्रेस रिलिजमा भएको हस्ताक्षर र उनीहरूले गरेको हस्ताक्षर मिल्दैन,’ उनले भने ।

गृह मन्त्रालयका प्रवक्ताको कीर्ते हस्ताक्षर गरिएको पत्र

नबिल बैंकका सीईओको कीर्ते

लक्ष्मी दम्पतीले नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अमृत घिमिरेको पनि कीर्ते गरी खातामा पैसा जम्मा गर्न सहज गर्नको लागि कागज बनाएको खुलेको छ । बैकबाट पैसा झिक्नको लागि बैंकलाई ‘रकम तयारी गर्नेबारे’ भन्दै कीर्ते कागज बताएका छन् ।

लक्ष्मी दम्पतीलाई ५ वटा विभिन्न व्यक्तिका नाममा रहेका पासपोर्ट र केही नगदसहित प्रहरीले पक्राउ गरेको थियो । अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कीर्ते हस्ताक्षर सहितको अर्को पत्र

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x