ओली र मोदीले स्वीच थिचेर गरे पेट्रोलियम पाइपलाइनको उद्घाटन

भदौ २४, २०७६

काठमाडौं– नेपाल– भारत क्रस बर्डर पेट्रोलियम पाइलाइनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वीच थिचेर उद्घाटन गरेका छन् ।

भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म पाइपलाइनमार्फत आउने पाइपलाइनको उद्घाटन भारतीय प्रधानमन्त्री मोदीले दिल्ली हैद्रावादहाउसबाट डिजेल पठाएको स्वीच थिच्दै उद्घाटन गरे भने प्रधानमन्त्री ओलीले रिसिभ बट्टन थिचेर अमलेगन्जमा रिसिभ गरेका हुन् ।


ADVERTISEMENT

पाइपलाइन निर्माणका लागि नेपाल भारतबीच २४ अगष्ट २०१५मा सम्झौता भएको थियो । तत्कालीन वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापा र समकक्षी धर्मेन्द्र प्रधानले पेट्रोलियम पाइपलाइन निर्माणका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

एमओयूमा थापा र प्रधानले गरेको हस्ताक्षर अनुसार रक्सौलदेखि अमलेगन्जसम्म पाइलाइन निर्माण गर्ने भनिएपनि पछि मोतिहारीदेखि अमलेखगन्जसमै पाइपलाइन निर्माण गर्ने गरी सम्झौता विस्तार गरिएको थियो । पाइपलाइन निर्माणका लागि २ अर्ब ७५ करोड भारतीय रुपैयाँ लागत लाग्ने अनुमान गरिएको थियो ।

योसँगै नेपालमा आउने पेट्रोलियम पदार्थको मूल्य सस्तो पर्ने भएको छ । मोतिहारीदेखि अमलेखगन्जसम्म प्रतिलिटर २ रुपैयाँ ५० पैसा ढुवानी खर्च लाग्दै आएको थियो । पाइपलाइनमार्फत आउन थालेसँगै पेट्रोलियम पदार्थको मूल्य सस्तो हुने अनुमान गरिएको छ । यद्यपि पहिलो चरणमा पाइपलाइनमार्फत डिजेल मात्रै आयात गर्ने निगमका निमित्त नायब कार्यकारी निर्देशक सुशिल भट्टराईले जानकारी दिए ।

भदौ २४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस