बजारमा नयाँ चोकोफन रोल

भदौ २९, २०७६

काठमाडौँ - सुजल फुड्स प्रालिले बजारमा नयाँ चोकोफन रोल ल्याएको छ । सुजल फुड्सको उक्त उत्पादन नेपालमै पहिलो पटक उत्पादन भएको बेक्ड वफर रोल भएको कम्पनीको दाबी छ । यो चोकोफनको बाहिरी भाग अत्यन्तै क्रिस्पी र भित्री भाग क्रिमी रहेको कम्पनीको दाबी छ ।

एक विज्ञप्ति जारी गरी सुजल फुड्सले आफ्नो नयाँ उत्पादन स्ट्रबेरी, भनिला र कोकोनटको उत्कृष्ट स्वादहरूमा उपलब्ध भएको जानकारी दिएको छ ।


ADVERTISEMENT

'यस चोकोफन रोल क्रन्ची वफर र स्वादिष्ट फ्लेभर युक्त क्रिमको मिश्रण भएकाले यो खाँदा मुखमै क्रिम पग्लिन्छ र यसको उत्कृष्ट स्वादले आनन्दको अनुभूति प्रदान गर्छ,' विज्ञप्तिमा भनिएको छ, 'चोकोफन रोलको आनन्दले आफूले वा आफ्ना साथा भाइहरूसँग बाँडेर लिन सकिन्छ र खुशीका क्षणहरूलाई यसको अनुपम स्वादले अविष्मरणीय बनाउँछ ।'

यो चिया, कफी, डेजर्टका रूपमा पनि लिन प्रयोग गर्न सकिने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार सुजल फुड्सको नयाँ उत्पादनमा अन्तर्राष्ट्रियस्तरको स्वादिष्ट फ्लेभर प्रयोग गरी संसारकै अत्याधुनिक उत्पादन प्रविधिको प्रयोग गरिएको छ । 'अत्याधुनिक मेसिनरीबाट स्वस्थकर वातावरणमा उत्पादित चोकोफन रोल गुणस्तरीय र उत्पादनमा एकरूप छ,' कम्पनीको दाबी छ ।

 

भदौ २९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस