×

NMB BANK
NIC ASIA

हत्या आरोपमा २ जना जेल चलान

असोज १, २०७६

NTC
Premier Steels

जलेश्वर– करीब डेढ महीनाअघि महोत्तरीको सदरमुकाम जलेश्वरमा एक युवकको हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले दुई जनालाई जेल चलान गरेको छ ।

Muktinath Bank

जेल चलान हुनेमा जलेश्वर नगरपालिका–२ मा प्रियङ्का वस्त्रालय सञ्चालन गर्दै आएका स्थानीय राजेश गुप्ता र सोही पसलमा काम गर्दै आएका उनका कर्मचारी जलेश्वर नपा–८ बस्ने मिन्टु ठाकुर रहेको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत साउन १६ गते गुप्ताकै पसलमा काम गर्ने अर्का कर्मचारी जलेश्वर नपा–६ बस्ने २९ वर्षीय सरोजकुमार साहको हत्या गरी स्थानीय रातुखोलामा फालिदिएको अवस्थामा शव बरामद भएकामा सरोजको हत्याको आरोपमा पसल सञ्चालक गुप्ता र कर्मचारी ठाकुरलाई मङ्गलबार साँझ महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाएको हो ।


Advertisment
Nabil box
Kumari

प्रहरीले पसल सञ्चालक गुप्ता र उनका कर्मचारी ठाकुरलाई भदौ ३ गते नियन्त्रणमा लिएको थियो । मृतक कर्मचारी साहका परिवारजनले पसल सञ्चालक गुप्ता र उनका कर्मचारी ठाकुरले मिलेर सरोजको हत्या गरेको भन्दै दुवैमाथि किटानी जाहेरी दिएपछि प्रहरीले दुवैलाई नियन्त्रणमा लिएर तीनपटकसम्म अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य पूरा गरी महोत्तरी जिल्ला अदालतमा पेश गरेपछि अदालतले दुवैलाई पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाएको हो ।

Vianet communication

फूल पाइन्ट र माथि गञ्जी मात्रै लगाएको, नाकबाट रगत बगेको तथा शरीरको अन्य भागमा चोटपटक लागेको सरोजलाई हत्या गरेको अवस्थामा प्रहरीले रातुखोला किनारमा फालिएको अवस्थामा शव बरामद गरेको थियो । प्रहरीले घटना रहस्यमय रहेको भन्दै अनुसन्धान गर्न बढी समय लिइरहेको देखेर पीडित परिवार र स्थानीयवासीले दोषीउपर चाँडोभन्दा चाँडो कारवाही हुनुपर्ने माग गर्दै भदौ २० गते जिल्ला सदरमुकाम जलेश्वर बन्द गराएका थिए भने जिल्ला प्रशासन, जिल्ला प्रहरी र जिल्ला अदालतको अगाडिमा चर्को नाराबाजीसमेत गरेका थिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x