मालपोत कार्यालयमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

असोज १, २०७६

काठमाडौं–प्रभु बैंकले बागलुङ्ग नगरपालिकास्थित मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । 

बागलुङ्गस्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको आज (बुधवार)  बागलुङ्ग मालपोत कार्यालयका कार्यालय प्रमुख केशब राज ढकाल र प्रमुख राजश्व अधिकृत बिष्णु प्रसाद शर्माले एक समारोहका विच संयूक्त रुपमा उद्घाटन गरेका छन् । 


ADVERTISEMENT

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले मालपोत कार्यालयमा पनि आप्mनो सेवा विस्तार गर्न सफल भएको बताएको छ ।

प्रभु बैंकको हालसम्म मुलुकभर १ सय ९५ वटा शाखा कार्यालय, १ सय ५२ वटा एटीएम तथा ३२ वटा एक्स्टेन्सन काउण्टरहरु मार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको जनाएको छ । 
 

असोज १, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस