अमेरिका अब संसारको सबभन्दा प्रतिस्पर्धात्मक अर्थतन्त्र रहेन

असोज २३, २०७६

काठमाडौं – वर्ल्ड इकोनोमिक फोरमले प्रकाशित गरेको वार्षिक प्रतिस्पर्धा प्रतिवेदनमा सिंगापुरले अमेरिकालाई शीर्ष स्थानबाट हटाएको छ । 

बुधवार प्रकाशित सूचकांकले अर्थतन्त्रको प्रतिस्पर्धात्मक ल्यान्डस्केपको मापन गर्छ र त्यसक्रममा म्याक्रोइकोसनोमिक स्थिरता, भौतिक संरचना, श्रमबजार र नवीनता ल्याउने क्षमतालाई विचार गर्छ । 


ADVERTISEMENT

यस मानेमा सिंगापुरले संसारको सबभन्दा ठूलो अर्थतन्त्रलाई दोस्रो स्थानमा धकेलिदिएको छ । उसले संरचना, स्वास्थ्य, श्रम बजार र आर्थिक प्रणालीमा उच्च अंक हासिल गरेको छ । 

तर अमेरिका सिंगापुरसँग पछारिएपनि आविष्कारीय शक्तिकेन्द्र रहिरहेको प्रतिवेदनमा उल्लेख छ । 

अमेरिका र चीनबीचको व्यापारयुद्धका कारण सिंगापुर र भियतनामले यस वर्ष बलियो प्रदर्शन गरेका छन् ।

तेस्रो स्थानमा हङकङ, चौथोमा नेदरल्यान्ड्स र पाँचौंमा स्विट्जरल्यान्ड छन् । हङकङमा राजनीतिक संकटका कारण अर्थतन्त्रमा असर परेको भए पनि गत वर्षभन्दा चार स्थान माथि उक्लेको छ । 

सीएनएनबाट
 

असोज २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस