×

NMB BANK
NIC ASIA

‘पेपरलेस’ योजना

चलाउनै नजान्ने सांसदलाई १ लाख १७ हजारको महंगो ‘स्क्रीन टच’ ल्यापटप

माघ २७, २०७६

NTC
Premier Steels

प्रदेश सभालाई कागजरहित बनाउन उद्देश्यसहित २ नम्बर प्रदेश सभाले हरेक सांसदलाई महंगो ल्यापटप दिएको छ ।

Muktinath Bank

प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले निकासा गरेको रकमबाट प्रदेशसभा सचिवालयले १०७ जना सांसदका लागि महंगो ल्यापटप खरिद गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कतिपय सांसदलाई ल्यापटप चलाउनै नआउने भएपनि १ लाख १७ हजार ९७५ रुपैयाँ भ्याटबाहेक प्रतिल्यापटप किनेर प्रदेश सभाले सांसदलाई दिएको छ । डेल कम्पनीको ३३९० मोडेलको ‘टू इन वान, स्क्रिन टच’ ल्यापटप किनिएको प्रदेशसभा सचिवालयका सचिव रंजितकुमार यादवले बताए । ३ वर्षको ‘वारेन्टी’ शर्तनामामा राखेर खरीद प्रक्रिया अनुसार नै ११८ वटा ल्यापटप र १ थान सर्भर किनिएको उनले बताए । सबै जोड्दा प्रदेश सभाको १ करोड ५९ लाख रुपैयाँ खर्च भएको उनले बताए । खरिद गरिएका ल्यापटपमध्ये केही संसद सचिवालयको प्रयोगमा समेत राखिने छ ।


Advertisment
Nabil box
Kumari

माघ २१ गते प्रदेश सभाले दोस्रो बार्षिकोत्सव मनाउने क्रममा विभिन्न राजनीतिक दलका संसदीय दलका नेतालाई ल्यापटप वितरण गरिएको छ । समाजवादी पार्टी संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री लालबाबु राउत, राजपा संसदीय दलका नेता समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवलाई ल्यापटप हस्तान्तरण भइसकेको छ ।

Vianet communication

नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डल कार्यक्रममा अनुपस्थित रहेकाले हस्तान्तरण हुन नसकिएको प्रदेशसभा सचिवालयका सचिव यादवले बताए । ‘अब भरपाइ गर्दै सबै माननीयज्यूलाई ल्यापटप दिने काम शुरू गरिसकेका छौं,’ उनले भने ।

ल्यापटप चलाउन नजान्ने सांसदलाई तालिम दिएर सिकाउनेबारे समेत प्रदेश सभाले तयारी थालेको उनले बताए । ‘केही माननीयज्यूहरूलाई ल्यापटप चलाउने सीप नै छैन तर उहाँहरूलाई त्यसबारे तालिम दिएर सिकाउने काम गरिने छ,’ उनले भने, ‘मुख्य रुपमा प्रदेश सभालाई कागजरहित (पेपरलेस) बनाउनका लागि ल्यापटप दिने काम गरिएको हो । एउटा विधेयकलाई कम्तिमा पनि ५ प्रति प्रतिलिपि गरेर सांसदज्यूलाई दिनुपर्ने अवस्था हट्नेछ ।’

प्रदेश सरकारको वार्षिक २ करोड रुपैयाँ जति कागजमा नै खर्च हुने गरेकोमा अब कागजको खर्च घट्ने दाबी गरिएको छ । आर्थिक मितव्ययीता कायम गर्न सांसदलाई ल्यापटप दिइएको यादवले बताए । ‘अब कुनै पनि विधेयकको कागजमा फोटोकपी गरेर दिनुपर्दैन, सबै विधेयक मेलमा नै पठाइदिनेछौं,’ यादवले भने, ‘पिजन होलबाट माननीयज्यूहरूले विधेयक लग्दा घरमा संग्रह हुँदैनथ्यो तर अब सबै विधेयक उहाँहरूको मेलमा नै संग्रहित भइरहनेछ ।’

सांसदलाई दिइएको ल्यापटप तत्काल भरपाई गरेर दिने गरिएको भएपनि पछि फिर्ता लिने कि नलिने भन्नेबारे उनले भने, ‘फिर्ता लिने नै हो तर ३ वर्षपछि ती ल्यापटप काम नलाग्ने अवस्थामा समेत आउन सक्ने हुँदा सभामुखज्यूले निर्णय नै गरेर फिर्ता नलिनेसम्मको निर्णय गर्ने सम्भावना पनि छ ।’

खरिद गर्न लामो समय !

गत आर्थिक वर्षमा नै ल्यापटप खरिद गर्नका लागि प्रदेशसभा सचिवालयले टेन्डर आह्वान गरेको थियो । सबै सामानहरू सबैभन्दा कम १ करोड १७ लाख ४९ हजार ७४० रुपैयाँमा नै आपूर्ति गरिदिने भनेर विराटनगरको मेगाटेक प्रालिले टेन्डर फारम भरेको थियो ।  ‘कम्पनीलाई सम्झौता गर्न आशयपत्र पठाउँदा सम्झौता नै गर्न आएन,’ यादवले भने, ‘त्यसपछि कम्पनीले जम्मा गरेको ४ लाख २६ हजार रुपैयाँ धरौटी हामीले जफत गर्‍यौं ।’ 

त्यसपछि काठमाडौंको म्याक्स इन्टरनेसनल प्रालिबाट सम्झौता गरेर सामान किनिएको यादवले बताए । २ नम्बर प्रदेशमा १०७ जना सांसद छन् । बाँकी ११ वटा ल्यापटप सचिवालयका अधिकृतले प्रयोग गर्ने गरी कार्यालय प्रयोजनका लागि राखिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x