प्रहरीले रोक्यो तीन बालविवाह

सिरहा प्रहरीले तीन वटा बालविवाह रोकेको छ।

बालिकाको उमेर नपुगी बालविवाह भइरहेको पाइएपछि  जिल्ला प्रहरी कार्यालयको टोलीले कर्जन्हा नगरपालिका–६ रिझन मुखियाको छोरी, मिर्चैया नगरपालिका–१ का श्रीराम कापैरकी  छोरी र कल्याणपुर नगरपालिका–१ का रामनरेश माझीकी छोरीको विवाह रोकेको हो। 


Advertisement

तीनवटै बालिकाको उमेर २० वर्ष नपुगेकाले हुन लागेको  थियो।

प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीका अनुसार उमेर नपुगेकोले हाललाई सो विवाहलाई रोकेर बालविवाह नगर्ने सर्वपक्षीय सहमति भएको हो।
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्