०३ साउन २०८३, आइतबार

पश्चिमी शैलीको खानेकुराले मस्तिष्कमा समस्या ल्याउँदै

असोज १५, २०७७
पश्चिमी शैलीको खानेकुराले मस्तिष्कमा समस्या ल्याउँदै

पश्चिमी खानेकुरालाई एक हप्ता मात्र खाँदा पनि मस्तिष्कले गर्ने काममा नकारात्मक असर पर्ने अनि स्वस्थ मानिसलाई पनि बढी खानका लागि दुरुत्साहन गर्ने वैज्ञानिकहरूले दाबी गरेका छन् । 

सात दिनसम्म उच्च फ्याट र उच्च चिनीजन्य खाद्यपदार्थ सेवन गर्ने २० वर्ष उमेरका स्वयंसेवकहरूले स्मरणशक्तिको परीक्षणमा कमजोर प्रदर्शन गरेको र खानेकुरा सक्नेबित्तिकै जंक फूड खान मन गरेको पाइयो । 

पश्चिमी खानेकुराले मानिसहरूलाई आफ्नो भोजन नियमन गर्न थप गाह्रो बनाएको र मस्तिष्कमा रहेको हिप्पोक्याम्पस नामक क्षेत्रमा बाधा गरेको अध्ययनमा पाइयो । 

‘एक हप्तासम्म पश्चिमी शैलीको खानेकुरा खाँदा टन्न पेट भरिएको अवस्थामा पनि चकलेट र जंक फूड खान मन लाग्ने देखियो,’ सिड्नीमा रहेको म्याकक्वायरी विश्वविद्यालयमा मनोविज्ञानका प्राध्यापक रिचर्ड स्टिभेन्सनले बताए । ‘त्यस्तो अवस्था आउँदा खानाको तलतल हुन्छ र बढी खाइन्छ अनि त्यसले हिप्पोक्याम्पसलाई थप क्षतिग्रस्त तुल्याउँछ अनि खाएको खायै गर्न मन लाग्छ ।’

यसअघि जनावरहरूमा गरिएको परीक्षणमा जंक फूडले हिप्पोक्याम्पसमा असर पार्ने देखाएको थियो । हिप्पोक्याम्पसले स्मरणशक्ति र भोजन नियन्त्रण गर्छ । 

हिप्पोक्याम्पसले पेट टन्न हुँदा खानेकुराको सम्झनालाई रोकिदिन्छ वा कमजोर बनाइदिन्छ अनि टन्न पेटमा केक देख्दा पनि केकको मीठो सम्झना आएर खाऊँखाऊँ जस्तो हुँदैन । ‘तर हिप्पोक्याम्पसले प्रभावकारी काम नगर्दा खानेकुराको सम्झना ह्वारह्वार्ती आउँछ र खाऊँखाऊँ लाग्छ,’ स्टिभेन्सनले भने । 

पश्चिमी खानेकुराले मानिसहरूमा कस्तो असर पार्छ भन्ने विषयमा अध्ययनका लागि वैज्ञानिकहरूले ११० जना दुब्ला र स्वस्थ विद्यार्थीहरूलाई परीक्षणमा राखे । ती विद्यार्थी २० देखि २३ वर्ष उमेरका थिए र सामान्यतया राम्रो खानेकुरा खान्थे । 

तीमध्ये आधालाई कन्ट्रोल ग्रूपमा राखेर एक हप्तासम्म सामान्य खानेकुरा खान दिइयो । बाँकी आधालाई उच्च ऊर्जा भएको पश्चिमी शैलीको खानेकुरा दिइयो जसमा बेल्जियन वाफल र फास्ट फूड समेत समावेश थिए । 

द गार्डियनबाट

salt training

कमेन्ट गर्नुहोस्